
पाँचौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) समापन भएको छ । यही चैत १७ देखि २१ गतेसम्म चलेको महोत्सवको सोमवार समापन कार्यक्रममा विभिन्न १४ विधामा उत्कृष्ट भएका फिल्महरुलाई अवार्ड वितरण गरियो । महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ फिचर फिल्ममा बंगलादेशीको ‘नो ग्राउण्ड बेनेअथ द फिट’ र राष्ट्रिय स्पर्धातर्फ ‘महानगर’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ ।


यही चैत २५ गतेबाट फिल्म ‘मैले आई लभ यू भन्नै सकिनँ’ प्रदर्शनमा आउने भएको छ । सोमवार चलचित्र विकास बोर्डको सभा हलमा एक कार्यक्रमका बीच निर्माण टिमले फिल्मको प्रदर्शन मिति घोषणा गर्दै ट्रेलर र गीत पनि सार्वजनिक गर्यो । ट्रेलरमा एक्सनलाई प्राथमिकता दिइएको छ भने ‘मुस्ताङको बजार’ बोलको गीतमा राजेश पायल राई र मेलिना राईको स्वर रहेको छ ।

अभिनेत्री केकी अधिकारी अभिनय र बौद्धिक क्षमतामा अब्बल मानिन्छिन् । जुनसुकै भूमिकामा जीवन्त बाँच्न सक्ने खुबी भएकी उनी हरेक कुरालाई तथ्य र तर्कसहित आफ्नो विचार व्यक्त गर्न सक्छिन् । यसकारण पनि फिल्म क्षेत्रमा उनको बेग्लै पहिचान छ । करिअरको एक दशक लामो यात्रामा विभिन्न आरोह-अवरोहको सामना गरेकी उनी अभिनेत्रीबाट निर्मात्री समेत बनिसकेकी छन् ।


राजिव गुरुङको निर्माण तथा निर्देशनमा फिल्म ‘ग्रहण’ बन्ने भएको छ । आइतवार सिक्किमको राजधानी गान्तोकमा सिक्किमका सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माको प्रमुख आतिथ्यतामा फिल्मको निर्माण घोषणा गरिएको हो । कार्यक्रममा फिल्मको ‘कास्ट एन्ड क्रियू’ पनि सार्वजनिक गरियो । फिल्ममा विनय श्रेष्ठ, नम्रता श्रेष्ठ र सारुक ताम्राकारको मुख्य भूमिका रहने भएको छ ।

