Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6049 - 6054 of 24027
एजेन्सी, मुम्बई, 2022-04-03, आईतवार

‘पुष्पा’ फेम अभिनेत्री रश्मिका मन्दाना बलिउड अभिनेता रणबीर कपूरको मुख्य भूमिका रहने फिल्म ‘एनिमल’मा भित्रिएकी छन् । शनिवार निर्माण टिमले फिल्ममा उनको प्रवेश भएको जानकारी गराएको हो । उनले अप्रिल अन्तिमबाट फिल्मको छायांकन सुरु गर्नेछिन् । ११ अगस्ट २०२३ मा प्रदर्शन हुन लागेको फिल्ममा अभिनेता द्वय अनिल कपूर र बबी देओलको पनि अभिनय रहनेछ । 

फिल्मीखबर, काठमाडौं, 2022-04-03, आईतवार
विदेशी फिल्मले हलहरुमा आफ्नो पकड बनाइराखेको अवस्थामा नेपाली फिल्म प्रदर्शन गर्नु भनेको निर्माताले आफ्नै खुट्टामा बन्चरो हान्नु बराबर मानिन्छ । विदेशी फिल्मसँग भिड्दा मल्टीप्लेक्सहरुले नेपाली फिल्मलाई उल्लेख शोज नै दिँदैनन् । त्यसमाथि दर्शकको पहिलो रोजाई नेपाली फिल्म बन्ने गरेको छैन । अनि त, नेपाली फिल्म प्रदर्शनको दुई दिन पनि हलमा टिक्न पाउँदैन । 
फिल्मीखबर, काठमाडौं, 2022-04-02, शनिवार

बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गरेको फिल्म ‘ए मेरो हजुर ४’को तेस्रो गीत सार्वजनिक भएको छ । शनिवार यूट्युबमा सार्वजनिक भएको ‘तिमी र म’ बोलको गीतमा उदयराज पौडेलको स्वर रहेको छ भने प्रतिक पौडेलको शब्द तथा संगीत छ । रामजी लाछिमानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका नायक अनमोल केसी र नायिका सुहाना थापा फिचर छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-04-02, शनिवार

फिल्म ‘झ्यानाकुटी’मा अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालले पहिलो पटक एकसाथ काम गरेका थिए । फिल्ममा झगडिया श्रीमान्-श्रीमतीको भूमिकामा अभिनय गरेका उनीहरुको केमेस्ट्रीलाई दर्शकहरुले रुचाएका थिए । यो फिल्मको सिक्वेलमा फेरि उनीहरु दोहोरिन लागेको चर्चा पनि चलेको थियो । तर, अब ‘झ्यानाकुटी २’ निर्माण हुने वा नहुनेमै अन्योल देखिएको छ ।

एजेन्सी, मुम्बई, 2022-04-01, शुक्रवार

गत हप्ता प्रदर्शनमा आएको एसएस राजामौली निर्देशित साउथ इन्डियन फिल्म ‘आरआरआर’को कमाईको रफ्तार अझै रोकिने छाँटकाँट देखिएको छैन । फिल्मले भारतमा मात्र नभइ विश्वभर आक्रामक कमाई गरिरहेको छ । हिन्दी भर्सनमा मात्र प्रदर्शनको ७ दिनमा १ सय ३० करोडमाथिको कमाई गरिसकेको फिल्मले विश्वभरबाट ७ सय करोडको आँकडा पार गर्न सफल भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-04-01, शुक्रवार

एक समय नेपाली फिल्ममा भिलेनको भूमिकामा एकछत्र हालीमुहाली गरेका राजेन्द्र खड्गीले आफ्नो करिअरमा दुई सयभन्दा बढी फिल्ममा अभिनयसँगै द्वन्द्व निर्देशकको रुपमा काम गरे । तर, विगत ७/८ वर्षयता भने उनी अभिनयमा सक्रिय छैनन् । करिअरको उचाइँमा रहँँदा केही फिल्मको निर्माण तथा निर्देशक समेत गरेका खड्गी लामो समयपछि फिल्म निर्माणमा फर्किने भएका छन् ।

Results : 6049 - 6054 of 24027
Most Visited News (monthly)