मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कतारमा जीवनसँग फिल्म

शैलेन्द्र कठायत, दोहा, 2012/03/03

कतारमा रहेका नेपालीहरूले नायक जीवन लुईटेलको साथमा उनी अभिनित चलचित्र 'म तिम्रो भईसकें' हेरेका छन् । शुक्रबार कतारको दोहा स्थित गल्फ सिनेमा हलमा भएको बिशेष प्रदर्शनीमा उपस्थित भएका जीवन दर्शकदिर्घा माझ बसेर चलचित्र हेरेका थिए ।

 

दर्शमाझ चलचित्र हेरिसके पछि फिल्मीखबरलाई प्रतिक्रिया दिँदै जीवनले भने, 'प्रवासमा रहेर यसरी नेपाली चलचित्र हेर्न चासो देखाईदिनु भएकोमा सम्पूर्ण दर्शकलाई धन्यवाद दिँदै आगामी दिनमा अझ राम्रा चलचित्र कतारमा लिएर आउने प्रतिब्द्वता गर्दछु ।' चलचित्र हेरिसके पछि प्रतिक्रिया दिने क्रममा दर्शक माझ घेरिका जीवन खुसीको मुडमा भन्छन्, 'चलचित्र मनपराई दिनुभएकोमा तपाईं दर्शकहरूलाई धन्यवाद अनि नेपाली चलचित्रलाई आगामी दिनमा यसैगरी माया गरिदिनु होला ।'

 

प्रोजेक्ट नेपाल इभेन्टले आयोजना गरेको सो चलचित्रको बिशेष प्रदर्शनीमा आफूलाई मन पर्ने कलाकार आफ्नो सामु देखिंदा दर्शकहरूको फोटो खिच्न निकै व्यस्त थिए । दर्शकको भिडबाट निस्कन जीवनलाइ हम्मे हम्मे परेको थियो । विकाश आचार्यले निर्देशन गरेको सो चलचित्रमा सबटाईटल समेत रहेकाले स्थानिय कतारीहरूको पनि उपस्थिती रहेको थियो । उनीहरू पनि नेपाली चलचित्र हेरेर निकै खुसी देखिन्थे ।

 

काठमाण्डौ उपत्यका बाहिर, अष्ट्रेलिया र अमेरिकामा प्रदर्शन भईसकेको सो चलचित्र राजधानीमा चैत्र ३ गते रिलिज हुँदैछ । रेड फोर के क्यामेराले खिचेको सो चलचित्रका गीतसँगीत निकै चर्चामा आएका थिए । चलचित्रलाई वन टाईम सिनेमाले निर्माण गरेको हो ।