मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म प्रदर्शनका लागि जीवन कतार आउँदै

शैलेन्द्र कठायत, दोहा, 2012/02/26

पछिल्लो समय निकै चर्चामा रहेका नायक जीवन लुईटेल आफू अभिनित चलचित्र 'म तिम्रो भईसकें' प्रदर्शनका लागि कतार आउँदैछन् । मार्च दुई तारिखका दिन दोहा हलमा हुन लागेको सो चलचित्रको बिशेष प्रदर्शनीका लागि जीवन बुधबार सम्ममा कतार आईपुग्ने छन् ।

 

रामेश्वर भट्टराईको पहलमा इभेन्ट नेपालले चलचित्रको प्रदर्शनी गर्ने जिम्मा लिएको हो । नाई नभन्नु ल, म तिम्रो भईसकें र अन्दाजबाट निकै चर्चा पाएका जीवन कतार आउने भएपछि आयोजकले व्यापक पब्लिसिटी गरेको छ । आयोजकले दर्शकहरूलाई नायक लुईटेलको साथमा चलचित्र हेर्न आग्रह समेत गरेको छ ।

 

दशैंको छेकोमा अष्ट्रेलियामा त चलचित्रको प्रिमियर नै गरिएको थियो । सो प्रिमियरमा पनि जीवनको स्वयं उपस्थिती रहेको थियो । यसैगरी केहि दिन अगाडी मात्र अमेरिकाको डेलासमा सफलता पूर्वक सो चलचित्रको प्रदर्शनी भएको थियो । विकाश आचार्यको निर्देशनमा जीवन लुईटेल, ऋचा सिंह ठकुरी, अयुब केसी, उत्तम केसी, विज्ञान सापकोटा, प्रतिष्ठा प्रर्साई, रामकृष्ण बजगाई लगायतले अभिनय गरेको सो चलचित्र काठमाण्डौ उपत्यकामा चैत्र ३ गते लाग्दैछ ।

 

गत असोज १३ गते देखि राजधानी बाहिरका हलमा प्रदर्शन भएको सो चलचित्र राजधानीका मुख्य मुख्य १० स्टेशनमा चल्ने निर्देशक आचार्यले बताए । सांगितिक रूपमा सफल चलचित्र 'म तिम्रो भईसकें' मा बसन्त सापकोटाको संगीत रहेको छ । प्रेमकथामा आधारित सो चलचित्रलाई निर्देशक आचार्यले नै लेखेका हुन् ।