Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.33/5.00)
Text size:-
+
-

यु ट्यूबका हिट हिरो

फिल्मीखबर, काठमाण्डौ, 2012/01/06

नायक जीवन लुईटेल पछिल्लो समयमा व्यस्त नायक हुन् । एक पछि अर्को चलचित्र रिलिज हुँदैछन् भने सुटिङ पनि लगातार रूपमा नै भईरहेका छन् । संख्यात्मक रूपमा उनले अभिनय गरेका चलचित्रको व्यापार ठिकै रहे पनि गीत भने निकै चर्चामा छन् ।

 

वास्तवमा भन्ने हो भने जीवनलाई चर्चामा ल्याउन उनको अभिनय भन्दा बढि गीतले साथ दिएको छ । लिड रोलमा अभिनय गरेको पहिलो चलचित्र 'नसिब आफ्नो' को 'आफू भन्दा प्यारो हुन्छ मिठो माया दिने मान्छे...', 'नाइ नभन्नु ल' को शिर्ष गीत 'नाइ नभन्नु ल...' ले हरेक दर्शक स्रोतालाई मन्त्र मुग्ध बनायो । अझ पछिल्लो चलचित्र 'अन्दाज' को 'सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला...' ले त जीवनलाई नाइ नभन्नु ल पछि एक पटक फेरि शिखरमा पुर्‍यायो ।

 

प्रस्तुत गीतका संगीतकार र गायक गायिका त हिट हुने नै भए त्यसको साथमा ति गीतमा डान्स गर्ने कलाकार त झनै हिट भए । हुनत जीवन राम्रो डान्स गर्ने कलाकार हैनन् तर पनि उनको भाग्य बल्यो छ जुन गीतमा नाच्छन् त्यो गीत हिट नै हुन्छ । पछिल्लो समय बढ्दो अनलाईन क्रेजलाई साथ लिएका दर्शकहरू माझ त झन् जीवन निकै हिट बनेका छन् । उनले अभिनय गरेको चलचित्र 'नाइ नभन्नु ल' का तीन प्रमुख गीतहरू 'नाइ नभन्नु ल...', 'कुन शृष्टिकी परी...' 'म मर्ने बेला...' लाई यु ट्यूबमा लाखौं दर्शकले हेरिसकेका छन् । त्यसैगरी अन्दाजको 'सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला...' पनि त्यत्तिकै मात्रमा हिट छ

 

यु ट्यूब सर्च गर्ने हो भने सबैभन्दा बढि जीवनले अभिनय गरेका चलचित्रका गीत क्लिक गरेको भेटिन्छ । त्यसैले पनि उनलाई अहिले पछिल्लो पुस्ताका 'यु ट्यूबका हिट हिरो' भन्न थालिएको छ । जीवनले डान्स गरेका चलचित्रका हिट गीतहरूका केहि यु ट्यूब लिङ तल प्रस्तुत गरिएको छ ।

 

नाइ नभन्नु ल...

http://www.youtube.com/watch?v=w-I4PaHB8qs

कुन शृष्टिकी परी...

http://www.youtube.com/watch?v=-dt8o_A3cKc

'म मर्ने बेला...'

http://www.youtube.com/watch?v=_vJ4qUQIgAo

'सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला...'

http://www.youtube.com/watch?v=6BQ-XimDZ3k

 

Most Visited News (monthly)