मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

रेखाले गीत गाएपछी फिल्मको मुहूर्त

फिल्मीखबर, काठमाण्डौ, 2011/11/30

होम प्रोडक्सनको चलचित्र रावणबाट फ्रि भए लगत्तै अभिनेत्री रेखा थापा 'लंका' भन्ने चलचित्रमा ब्यस्त भएकी छिन् । सोही चलचित्रको छायाकंनका लागि केही दिन अघि सर्लाहीको हरिवन पुगेकी अभिनेत्री थापाले भिन्न रुपले चलचित्रको मुहुर्त गरिन् ।

 

चलचित्रका निर्देशक श्याम भट्टराईले दिएको जानकारी अनुसार मंगलबार मध्यान्न हरिवन स्थित महादेव माध्यमिक बिधालयको प्रङ्गणमा करिब पाँच हजार मानिसको बिचमा रेखा र नृत्य निर्देशक शंकर बिसीले गीत गाएर लंकाको शुभ मुहुर्त गरे । मुहुर्तका लागि रेखाले गाएको गीत उनको आफ्नै ओर्जिनल भ्वाईसमा पनि रेकर्ड भैसकेको छ । तर चलचित्रका लागि भने सो गित समावेश गरिने छैन ।


च्यालेन्ज निर्देशन गरे पश्चात भट्टराईले निर्देशन तर्फ हात बढाएको  'लंका' चौथो चलचित्र हो जुन उनको होम प्रोडक्सनको रुपमा निर्माण हुँदैछ । लंकालाई निर्देशक भट्टराईले आफ्नै लगानीमा निर्माण गर्न लागेका हुन् । गृह जिल्लामा फिल्मी माहोल बढाउन उनले जिल्ला स्तरका राजनीतिकर्मी, विभिन्न पेशाकर्मी, स्थानिय बासी र विधार्थी माझ शुभसाईत गरेका थिए । जहाँ उनले आफ्नो ८५ बर्षीया हजुरआमालाई प्रमुख अतिथि बनाएका थिए ।


सर्लाही र त्यस आसपासका विभिन्न स्थानमा छायाकंन हुने उक्त चलचित्रमा रेखाको अलवा किशोर खतिवडा, ममता प्रधान तथा तीन नयाँ  महिला कलाकार अनु गायक, आयुष्मा कार्की र सिताष्मा थापा रहेका छन् । चलचित्रमा नेगेटिभ क्यारेक्टमारमा नन्दु श्रीवास्तव रहने बताईएको छ । चलचित्रको शिर्षक अनुसार रामायणको कथा संग आधारित हुदै लंका निर्माण गर्न लागिएको हो ।