मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जीवन देखि हारेका श्यामको डर लाग्दो स्टाटस

फिल्मीखबर, काठमाण्डौ, 2011/09/20

मानिस जीवनबाट हरेश कति बेला खान्छ होला ? उसलाई किन बाँच्न मन लाग्दैन ? सारा संसार नै अन्धकार किन लाग्छ ? सायद यसको उत्तर भोग्नेले मात्र दिन सक्ला । हो, तपाईंसँग यसको उत्तर नभए पनि निर्देशक श्याम भट्टराईसँग भने यसको उत्तर छ तर समस्याको समाधान भने छैन ।

 

मौसम, मर्यादा, च्यालेञ्ज जस्ता चलचित्र निर्देशन गरिसकेका भट्टराईले जीवनबाट हरेस खाएकोले बाँच्न मन नै नलागेको कुरा उल्लेख गरेका छन् । सोमबार साँझ आफ्नो फेसबुक वालमा उनले यस्तो लेखेका छन् - 'सायद मेरो परिवारका दुई जनाले मेरो मृत्युलाई सजिलै लिन्थे भने म मर्न आज तयार हुन्थें किनकी मलाई यो जाली र झुठो संसार हेर्नु छैन । तर एउटा डर छ कि मेरो मृत्युले मेरो मान्छे पनि मर्छ भन्ने । यो हिम्मत मेरोमा भयो भने भोली जे पनि हुन सक्ला । कृपया ! अरूको दोष छैन । केवल मेरो आफ्नै निर्णय हुनेछ । जीवन रहे सबैसँग भेट होला नत्र अल्बिदा... अल्बिदा... अल्बिदा... ।'

 

निर्देशक भट्टराईको यो स्टाटसले कुनै सहज वातावरणको कल्पना गर्दैन । उनलाई जीवनदेखि नराम्रोसँग वितृष्णा जागेको सहजै अनुमान लगाउन सकिन्छ । आखिर के यस्तो दु:ख आई पर्यो जुन दु:खले उनलाई यस्तो स्टाटस लेख्न बाध्य बनायो त ? यसको उत्तर खोज्न स्वयं निर्देशक भट्टराईलाई नै सम्पर्क गर्दा उनले जीवनबाट हरेश खाएर यस्तो लेखेको उल्लेख गरे । उनले भने, 'मलाई जीन्दगीले नराम्रोसँग धोका दियो । चारैतिर म अन्धकार नै अन्धकार देख्छु । आफ्नो भन्ने पनि कोहि भएन । त्यसैले यस्तो लेखेको हुँ ।'

 

माथि उल्लेखित स्टाटस लेख्नु अगाडी यस्तो स्टाटस लेखेका थिए - 'आखिर पागल हुने लोग्ने मान्छे नै रहेछ । म पनि पागल भएँ कसैको मायामा । अहिले यस्तो लाग्छ कि म संसारको ठूलो बेबकुफ मान्छे हुँ । सायद अब छिट्टै मेरो दुनियाँ नयाँ शुरू हुन्छ ।' यसबाट यो प्रष्ट हुन्छ कि श्याम जीवन देखि टाढ भाग्न खोज्नुको मुख्य कारण नै माया हो । सायदले उनले सोचे जस्तो माया पाउन सकेनन् र आज यस्तो स्थितीमा पुगेका छन् ।

 

जब उनले यस्ता स्टाटस लेखे उनका नजिकका साथी तथा आफन्तहरूले आश्चर्य प्रकट गर्दै यस्तो घटना हुन नदिन मायाका शब्दहरू प्रकट गरेका छन् । सायद साथीको माया पाएर नै होला उनी अहिले भने केहि ठिक अवस्थामा छन् । फिल्मीखबरसँग कुरा गर्दै श्यामले बेला बेला मनलाई सम्हाल्न गार्‍हो हुने बताउँदै आफूले निर्देशन गर्ने भनेको चलचित्र 'लंका' लाई जसरी पनि निर्माण गरेर देखाउने बताए । उनले भने 'साथीहरूको माया पाएँ भने पनि मेरो मनमा यस्ता भावनाहरू पैदा हुन्न होला ।'

 

जीवन देखि यसरी हरेश खाएका निर्देशक श्यामलाई अहिले मायाको आवश्यकता परेको छ । हामी कामना गरौं उनको मनमा अब देखि यस्ता सोचहरू आउने छैनन् र उनले दर्शकहरूको मायालाई सम्झेर राम्रा राम्रा चलचित्र निर्माण गर्नेछन् । फिल्मीखबर डटकमको शुभकामना !