मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लंका र रावणमा नझुक्किउन् दर्शक

फिल्मीखबर, काठमाण्डौ, 2011/07/28

चलचित्र लंकाका लागी निर्देशक श्याम भट्टराईले रावणको भुमिकामा छानेका कमलकृष्ण आफैले रावण नामको चलचित्र निर्देशन गर्ने भएका छन् । अहिले नेपाली चलचित्र क्षेत्रमा कथा र स्क्रिप्ट चोरीका हल्लाहरु चलिनै रहेका बेला लङाका रावण आफैले रावण नामको चलचित्र निर्देशक गर्न लाग्नुलाई चासोका रुपमा लिइएको छ ।


निर्देशक दयाराम दाहालको स्क्रिप्ट लिक हुँदा एउटै कथामा दुई चलचित्र  बनेको खबर केहि समय आएको थियो । अहिले फेरि यस्तै घटना चलचित्र लंका र रावणमा पनि भएको त छैन भन्ने कुराले एक पटक सबैलाई शंकाको घेरामा राखेको छ ।  तर बाहिर चलेको हल्ला जस्तो यि दुई चलचित्रको कथा नमिल्ने निर्देशकहरुले बताउदै आएका छन् ।

 

लंकाका निर्देशक श्याम भट्टराईले बाहिरबाट हेर्दा यि दुई चलचित्र एउटै लागे पनि स्क्रिप्ट पटक्कै नमिल्ने बताएका छन् । धार्मिक ग्रन्थ रामायाणमा लंका र रावण जोडीएका कारण यस्तो सोच्नु स्वभाविक भए पनि चलचित्रमा भने फरक-फरक बिषय उठान गरिएको निर्देशक भट्टराईको भनाई छ । त्यसो त रावणका निर्देशक कमलकृष्णको भनाई पनि यस्तै छ । उनि प्रति प्रश्न गर्दछन्, 'हामी एकदम मिल्ने साथी पनि हौं, अनि आफैं एकले अर्कालाई डुबाउने काम गरौंला त ?


निर्माणाधिन दुबै चलचिका निर्देशकले आफुहरु साथि भएको भन्दै एउटै बिषयमा चलचित्र बनाएर एकले अर्कोलाई असर पुग्ने काम नगर्ने बताएका छन् । त्यसो त श्यामको चलचित्रमा लंकालाई रावणको साम्राज्यका रूपमा देखाउन खोजेको र कमलकृष्णको चलचित्र रावण खलचरित्रलाई आधार मानी निर्माण गर्न खोजेको बताउछन् । धार्मिक ग्रन्थ रामायणमा लंकाका राजा रावणले अयोध्याका राजा रामकी श्रीमती सिताको हरण गरेपछि रामले लंकामा गई रावणसंग युद्ध गरी रावणको बध गरेको कुरा उल्लेख छ । रामायणले रामलाई केन्द्रमा राखेको भए पनि यि चलचित्रहरुले भने सिता र रावणलाई केन्द्रमा राख्ने भएका छन् ।

 

रमाइलो कुरा त के छ भने यि दुबै चलचित्रमा सिताको रुपमा रेखा थापा र रावणको रुपमा कमलकृष्ण देखिने भएका छन् । यसैगरी किशोर खतिवडा पनि दुबै चलचित्रमा मुख्य भुमिकामा प्रस्तुत हुने बताईएको छ ।  त्यति मात्र कहाँ हो र, छवि ओझाकै कथामा प्रदीप भारद्वाजले लेखेको स्क्रिप्टमा लंका बन्न लागेको हो भने रावण उनै छविको प्रोडक्सन कम्पनी रेखा फिल्मस्बाट बन्न लागेको हो । बुझ्नमा आए अनुसार चलचित्र लंकामा रावणको भुमिका निर्वाह गर्न लागेका कमलकृष्णको ठाउँमा अरूनै कलाकार राखिने भएको छ । दुबै चलचित्रमा एउटै नाममा एउटै पात्र देखिने भएकोले कमलकृष्णलाई रिप्लेस गर्न लागिएको बुझिएको छ ।


जे होस् नामले उस्तै उस्तै प्रकृतिका संकेत गरे पनि चलचित्रको कथा भने त्यस्तो नहोस् नत्र दर्शकलाई एउटा चलचित्र हेरे पछि अर्को हेर्नुको औचित्य रहने छैन ।