मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लंकाका संगीतकार गोप्य

फिल्मीखबर, काठमाण्डौ, 2011/06/29

श्याम भट्टराईको निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्र 'लंका' को हाल गीत रेकर्डिङ कार्य भईरहेको छ । काठमाण्डौको कमलपोखरी स्थित पर्पल स्टुडियोमा ४ दिन देखि गीतको रेकर्डिङ कार्य भईरहेको छ ।

 

अञ्जु पन्त, स्वरूपराज आचार्य, दिपक लिम्बु, प्रविशा अधिकारी र प्रिती कौरको स्वर रहने सो चलचित्रको एउटा गीतमा दिपक लिम्बु र प्रविशा अधिकारी स्वर दिईसकेका छन् । गायिका अञ्जु पन्तको खुट्टामा समस्या देखिएकाले उनले अझै केहि दिन गीत गाउन नसक्ने बताईएको छ । तर अरू गायक गायिकाले भने धमाधम गीत रेकर्डिङ गराईरहेका छन् । चलचित्रमा जम्मा चार वटा गीत समावेश गरिंदै छ जसमध्ये एउटा आईटम गीत रहने बताईएको छ । चलचित्रका चार वटै गीत लेखक प्रदिप भारद्वाजले लेखेका हुन् ।

 

चलचित्रको गीत रेकर्डिङ भईरहेको अवस्थामा पनि संगीतकारको नाम भने सार्वजनिक गरिएको छैन । चलचित्रमा कस्ले संगीत भरेको छ भन्ने कुरालाई निर्देशक भट्टराईले गोप्य राखेका छन् । आगामी भदौ २२ गते आफ्नो जन्मदिनको अवसर पारेर गृहनगर सर्लाहिमा करिब २० हजार दर्शकको माझमा चलचित्रको मुहुर्तसँगै संगीतकारको नाम पनि सार्वजनिक गर्ने निर्देशक भट्टराईले फिल्मीखबरलाई जानकारी दिए । ऐतिहासिक मुहुर्त गर्ने योजनामा रहेका निर्देशक भट्टराईको चलचित्रका संगीतकार को हुन् त ? यो निकै चासोको बिषय बन्न सक्छ ।

 

केहि संगीतकर्मीले चलचित्रका संगीतकार निर्देशक भट्टराई स्वयं नै हुनसक्ने अनुमान पनि लगाएका छन् । यसअघि श्यामले पुष्पाञ्जली, करूणा, गहना, जानकी लगायतका टेलिसिरियलमा संगीत दिएको हुनाले पनि उनीमाथी शंका गरिएको हो । तर यो बिषयमा निर्देशक भट्टराई भने केहि बोल्न चाहेनन् । उनले त सबैलाई सरप्राईज दिन चाहन्छन् । यसरी संगीतकारको नाम नै गोप्य राख्नु पर्ने कारण के त ? निर्देशक भट्टराई भन्छन्, 'यहि त हो सरप्राईज ।' संगीतकार जो भएपनि गीत भने निकै राम्रो बनेको निर्देशक भट्टराईको दाबी छ । उनी भन्छन्, 'प्रदिप भारद्वाजको शब्दमा संगीतकारको संगीत र गायक गायिकाको स्वरले गीत सुनौं सुनौं लाग्नेछ ।'

 

निर्देशक भट्टराईले २० हजार दर्शकको माझमा चलचित्रको मुहुर्त र संगीतकारको नाम सार्वजनिक गर्ने मात्र नभएर ति दर्शकहरूलाई पनि आफ्नो चलचित्रमा समेट्ने बताउँदै सोही दिनबाट चलचित्रको छायाँकन प्रारम्भ पनि गर्ने जानकारी दिए । यसैगरी उक्त कार्यक्रममा सर्लाही जिल्लाका बिशिष्ट व्यक्तिहरूलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको उनको भनाई छ ।