मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लंकामा रावणको खोजी, भेटिईन् सिता

फिल्मीखबर, काठमाण्डौ, 2011/04/21

त्रेतायुगमा भगवान रामले सीता र रावणलाई खोज्न निकै कठिन भएको थियो । आज आएर निर्देशक श्याम भट्टराईलाई पनि कलियुगका राम,  सिता र रावण खोज्नै त्यस्तै दु:ख भएको छ ।

 

निर्देशक श्यामले पहिला राम र सिताको निकै खोजी गरे । राम र सिताको खोजीमा उनी निकै भौतारिए । अन्तत: निकै समयको खोजी पछि उनले कलियुगका रामको रूपमा किशोर खतिवडा र सीतको रूपमा रेखा थापालाई भेटे । तर उनले अझैसम्म पनि रावण भने फेला पार्न सकेका छैनन् । उनी भन्छन्, 'राम र सीतालाई खोज्न जति गार्‍हो भएको थियो त्यो भन्दा बढि गार्‍हो रावणलाई खोज्न भएको छ । तर मलाई बिश्वास छ कि छिट्टै  नै म रावणलाई पनि भेट्ने छु ।'

 

प्रसङ हो निर्देशक श्यामले आफ्नै निर्माणमा बनाउन लागेको चलचित्र 'लंका' को । केहि समय अघि निर्देशक श्यामले फिल्मीखबर समक्ष आँफै चलचित्र निर्माण गर्ने घोषणा गरेका थिए । सोही घोषणा अनुरूप उनले निर्माण गर्ने चलचित्रको नाम 'लंका' राखेका छन् । राम, सीता र रावण नामका पात्र भएपनि चलचित्र पौराणिक कथामा आधारित नभएको निर्देशक भट्टराईको भनाई छ । देशमा अहिले थुप्रै रावण भएकोले उनीहरूको प्रतिनिधित्व गर्ने एक रावणको खोजी भईरहेको निर्देशक भट्टराईले फिल्मीखबरलाई जानकारी दिए । तर सो रावणको बध गर्ने राम भने किशोर खतिवडा नै रहने छन् अर्थात् रामको भुमिकामा किशोर खतिवडा, सीताको भुमिकामा रेखा थापा अनुबन्धित भईसकेका छन् भने रावण कस्लाई बनाउने भन्ने कुरामा उनी द्वुबिधामा छन् ।

 

एक्सन प्रधान सो चलचित्रको करिब ८० % छायाँकन निर्देशक भट्टराईकै जन्मथलो सर्लाहीमा हुने भएको छ । अर्थात राम र रावणको भिषण युद्व सर्लाहीमा हुनेछ । नायिका रेखा थापाको होम प्रोडक्सनको चलचित्र 'अन्दाज' पछि यो चलचित्रको छायाँकन शुरू गरिने निर्देशक भट्टराईले जानकारी दिए । प्रदिप भारद्वाजको लेखन रहेको सो चलचित्रमा राजेन्द्र खड्गीको द्वन्द, बिष्णु कल्पितको छायाँकन रहने छन् भने संगीतकारको रूपमा नयाँ अनुहारले अवसर पाउने भएका छन् तर उनको नाम भने अहिले नै सार्वजनिक नगर्ने बताईएको छ । निर्देशक भट्टराई र द्वन्दनिर्देशक राजेन्द्र खड्गी अहिले लोकेशन हेर्न सर्लाही पुगेका छन् ।