मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशक श्यामको बिचल्ली

फिल्मीखबर, काठमाण्डौ, 2010/09/15

 निर्देशक श्याम भट्टराई अलि-अलि दुब्लाएका पनि छन्, केहीले त उनलाई धेरै दुब्लाईस भन्न पनि छाडेका छैनन् । आजकाल, न त  उनी राम्रोसंग खाना खान्छन् न त समयमानै सुत्छन् । झण्डै चार महिना भयो दैनिक  उनी रातको १ बजे  सुत्न थालेको । सायद श्रीमतीसंग छुट्टिनु परेको पिडाले होला उनीमा त्यस्तो नैराश्यता देखिएको  ।


नायिका रञ्जना शर्मासंग चार बर्षअघि बिवाह बन्धनमा बाधिएका निर्देशक भट्टराई फेरी वियोगमा परेका छन् । सामान्य भनाभनमा एक बर्ष छुट्टिएर  पुन मिलन भएको उनीहरूको जीवन फेरी एक्लो भएको छ । अनामनगरमा बस्दै आएका भट्टराईको कोठा पनि  निकै सुनसान हुन्छ आजकाल ।



 मिडिया सम्बन्धी तालिमको लागि सात समुद्रपारी अमेरिका गएकी  नायिका शर्मा र निर्देशक भट्टराई एक अर्कालाई धेरै मिस पनि गर्छन अरे । 'जव खाना खान लाग्छु उनलाई म धेरै मिस गर्छु ।'  भट्टराईले भने । यस अघि सानो विवादमा छुट्टिएका उनीहरू यो पटक भने सहमतिमा छुट्टिएका हुन,  मात्र केही महिनाका लागि ।



निर्देशक श्यामले बताए अनुसार मिडिया सम्बन्धी एक तालिमका लागि रञ्जना अमेरिका गएकी हुन र दसै लगत्तै उनी र्फकदैछिन् । सिन्को समेत न भाच्ने श्याम बिहान बेलुकाको खान बनाउनु, घर सफा  गर्नुले उनी आफु पनि ब्यवहारिक भएको बताउछन् । यध्पी कामको बोझ र कोठाको  विचल्लीलाई थेग्न नसक्दना सोमबारबाट उनले एक जना सहयोगी आफन्त महिलालाई नियुक्ति समेत गरेका छन् ।



टेलिभिजनको पर्दामा गहना र जानकी जस्ता टेलिसिरियल अनि मर्यादा र मौसम चलचित्रमा आफ्नो निर्देशन कला देखाएका यि फुच्चे निर्देशक हाल तेस्रो चलचित्र च्यालेन्जको इडिटिङमा ब्यस्त छन् ।