मिति : २०८१ वैशाख २८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ज्वरो आयो रेखालाई

फिल्मीखबर, काठमाण्डौ, 2010/08/29

हतपती बिरामी नहुने नायिका रेखा थापालाई ज्वरो आएको छ । शनिबार सुन्दरीजलमा  चलचित्र "खुशी" को सुटिङ्गमा पानीमा रूझेकी थापालाई रूघा खोकी मात्र हैन अन्तत् ज्वरो समेत आएको हो ।

शनिबार बेलुकी  साढे ४ बजे सुटिङ्गबाट फर्किए लगत्तै उनी ३ घण्टा सुतेकी थिइन् तर अति व्यस्त भएकाकारण बेलुकी ८ बजे पुन उनी सुटिङमा गएकी थिइन् । विरामी हुदाँ-हुदै  अबरे राति सम्म  सुटिङमा गएका कारण उनले आईतबारको सुटिङसमेत विचैमा छाडेर घर फर्किएकी थिइन् । शरिर अति कमजोर भएको कारण आईतबार नैकापमा फाईटको सुटिङ चलिरहेको बेला बीचमै उनी सुटिङ छाडेर घर फर्किएकी थिइन् ।  

रूखा खोकीले आक्रमण गरिरहेने रेखाको शरिर अन्य समयको रूघाखोकी भन्द केही फरक भएको छ । अस्पाताल  भर्ना गर्नु पर्ने अवस्थामा भने नरहेकी थापाले तातो पानी र फेल्क्सन औषधी भने शनिबार साझ देखिनै खान थालेकी छिन् । सोमबार बिहान सम्म उनको स्वास्थय अबस्था ठीक भए एक महिनाको सुटिङ्गको लागि बेलुकी उनी पोखरा जादै छिन् । यदि स्वस्थ भईनन् भने उनकै कारणले सुटिङ्गको समय तालिका परिवर्तन हुने छ ।