मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमान र शाहरुखपछि अब प्रदीपसँग ‘ऐरी’मा काम गर्दै सांगे

फिल्मीखबर, काठमाडौं, 2024/05/02

sangay tsheltrim and pradeep khadka (1)

 

बलिउडका दुई ठूला ‘स्टार’ सलमान खान र शाहरुख खानसँग काम गरिसकेका भुटानी अभिनेता सांगे सेल्ट्रिम अब नेपाली फिल्ममा देखिने भएका छन् । उनले अभिनेता प्रदीप खड्कासँग फिल्म ‘ऐरी’मा काम गर्न लागेका हुन् । बुधबार फिल्मका निर्देशक जीवन थापाले उनीसँग कागजी सम्झौता गरेका छन् । सांगे यही फिल्म सम्झौता गर्न मंगलबार काठमाडौं आएका थिए । उनी बिहीबार बिहानै स्वदेश (भुटान) फर्किसकेका छन् ।

सांगेले फिल्मको कथावस्तुले आफूलाई आकर्षित गरेको बताएका छन् । उनले भनेका छन्, ‘मैले यो फिल्म गर्न लाग्नुको मुख्य कारण यसको कथावस्तु हो । यसको कथावस्तु ऐतिहासिक छ । मलाई सधैं योद्धाको कथामा काम गर्न मन थियो । यो फिल्मबाट मेरो त्यो सपना पुरा हुँदैछ ।’ नेपाल र भुटानको सम्बन्धलाई अझै उचाइँमा लैजान पनि आफू ‘ऐरी’मा जोडिएको उनको भनाई छ ।

भुटानी फिल्म ‘सिंग्ये’मा काम गरेपछि सांगेले सलमान खान अभिनीत फिल्म ‘राधे’बाट बलिउडमा डेब्यूको मौका पाएका थिए । यसमा उनको नकारात्मक भूमिका थियो । यसपछि उनी गत वर्ष शाहरुख खानसँग फिल्म ‘जवान’मा देखिए । सेवानिवृत्त सैनिक समेत रहेका उनी फिटनेशमा विशेष ध्यान दिने गर्दछन् । उनी ‘जिम ट्रेनर’ समेत हुन् । यसअघि पनि ‘ऐरी’को विषयमा कुराकानी गर्न उनी काठमाडौं आएका थिए ।

 

sangay tsheltrim and pradeep khadka (2)


हिन्दी, नेपाली, अंग्रेजी र तमिल गरी चार भाषामा बन्न लागेको यो फिल्मको यतिबेला प्रि-प्रोडक्सनको काम भइरहेको छ । फिल्ममा सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरको संयुक्त निर्माण रहनेछ । फिल्मको छायांकन केही महिनापछि सुरु हुनेछ । निर्माणपक्षले अब कलाकारहरुलाई अनुबन्धित गर्ने कार्यलाई अगाडि बढाएको छ । फिल्ममा प्रदीपले शिकारीको भूमिका निर्वाह गर्दैछन् ।