मिति : २०८१ वैशाख २७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘तेल भिसा’ खेल्न अमेरिका पुगे विपिन, दोहोरो भूमिकामा देखिँदै

फिल्मीखबर, काठमाडौं, 2024/04/27

bipin karki and reecha ghimire

 

फिल्म ‘महाजात्रा’को सफलतापछि अभिनेता विपिन कार्की आफ्नो आगामी फिल्म ‘तेल भिसा’को छायांकनका लागि अमेरिका पुगेका छन् । शुक्रबार साँझ अमेरिका ओर्लिएका उनलाई फिल्मकी अभिनेत्री ऋचा घिमिरेले स्वागत गरेकी थिइन् । विपिनको यो पहिलो अमेरिका यात्रा हो । उनको साथमा फिल्मका निर्देशक शंकर घिमिरे र चिफ एडी (असिस्टेन्ट डिरेक्टर) मछिन्द्र योङगा पनि अमेरिका पुगेका छन् ।

यही बैशाख २५ गतेबाट अमेरिकामा छायांकन हुन लागेको फिल्ममा गौरी मल्ल र वर्षा राउतको पनि मुख्य भूमिका रहनेछ । उनीहरु भने आगामी साता अमेरिका पुग्ने जनाइएको छ । एक महिना मेरिल्यान्ड राज्यका विभिन्न सहरमा ७० प्रतिशत छायांकन हुने र बाँकी पूर्वी चितवनमा गरिने निर्देशक घिमिरेले जानकारी गराए । उनी करिब १३ वर्षपछि निर्देशनमा फर्किन लागेका हुन् । उनले पछिल्लोपटक फिल्म ‘ब्रेकफेल’ निर्देशन गरेका थिए, जुन २०११ मा रिलिज भएको थियो ।

फिल्ममा विपिन दोहोरो भूमिकामा प्रस्तुत हुनेछन् । प्राप्त जानकारी अनुसार, उनले पिता र छोराको भूमिका निर्वाह गर्नेछन् । बुद्धि तामाङको पनि फिल्ममा मुख्य भूमिका रहनेछ । फिल्म ‘डिग्री माइला’को प्रदर्शनका लागि अमेरिका पुगेका उनी अहिले उतै छन् । अब ‘तेल भिसा’को छायांकन गरेर मात्र उनी नेपाल फिर्नेछन् । ऋचा घिमिरेले भने यो फिल्मबाट १० वर्षपछि कमब्याक गर्दैछिन् ।

सुसन प्रजापतिले छायांकन गर्न लागेको फिल्ममा अमेरिका बस्ने विभिन्न देशका कलाकारहरुको पनि अभिनय रहनेछ । त्यसका लागि अडिसन नै लिइएको थियो । विनोद पौडेल, अदिति खरेल र रमेश चौलागाईं फिल्मका निर्माता हुन् । कार्यकारी निर्मातामा भने ऋचा स्वयं छिन् । वेलडन क्रियशन र सेभेन सीज इन्टरटेन्मेन्टको निर्माण रहने फिल्मले विदेशमा गएर त्यहीँ स्थापित हुने क्रमले नेपाली समाजको बदलिँदो स्थितिलाई देखाउनेछ ।