मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पूजार सार्की’को ‘दर्शन गरेँ’ गीतमा आर्यन, प्रदीप र पलको कौडा नृत्य

फिल्मीखबर, काठमाडौं, 2024/04/19

DARSHAN GARE SONG _PUJAR SARKI-2

 

‘राष्ट्रिय अवार्ड’ विजेता दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक गरिएको छ । शुक्रबार युट्युबमा सार्वजनिक कौडा भाकाको गीतमा हर्क साउदको शब्द रचना, सुवास भुसालको संगीत तथा प्रकाश सपुत र शान्ति श्री परियारको युगल स्वर छ ।

माछापुच्छ्रे हिमाललाई पृष्ठभूमिमा राखेर तयार पारिएको गीतमा फिल्मका मुख्य कलाकारहरु आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परीक्षा लिम्बू कौडा नृत्य गर्दै प्रस्तुत छन् । गीतमा आर्यन-अञ्जना र प्रदीप-परीक्षालाई रोमान्टिक भावमा देख्न सकिन्छ । गीतको भाकाअनुसार उनीहरु मगर समुदायको परम्परागत पहिरनमा देखिएका छन् । गीतमा शिशिर खातीको कोरियोग्राफी छ ।

विकास सुवेदीको लेखन रहेको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ । फिल्ममा आर्यन पूजारीको भूमिकामा छन् भने प्रदीप दमाहा बजाउने दमाई चरित्रमा छन् । पलको चरित्र क्रान्तिकारी हुनसक्ने टिजरबाट आँकलन गर्न सकिन्छ ।

जातीय विभेदविरुद्धको कथामा आधारित भएर बनेको फिल्मलाई सुवास भुसालले निर्माण गरेका हुन् । किङ्गडम नेटवर्कको प्रस्तुति रहेको फिल्ममा राजेश श्रेष्ठको डिओपी, भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन छ । आगामी जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मलाई आरआर फिल्मसले वितरण गर्दैछ । अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण अधिकार लिएको छ ।