मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाबु-छोराको कथामा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ बन्ने

फिल्मीखबर, काठमाडौं, 2024/04/19

sarangi poster

 

नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले अब फिल्म निर्माण गर्ने भएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ नाममा फिल्म बन्न लागेको हो । शुक्रबार मोसन पोस्टरमार्फत् फिल्मको घोषणा गरियो । फिल्मले बाबु र छोराबीचको सम्बन्धको कथा भन्ने पोस्टरले बुझाउँछ । स्केच पोस्टरमा एक पुरुष पात्र काँधमा सारङ्गी र बच्चा बोकेर चित्रित छन् ।

मोसन पोस्टरको पृष्ठभूमिमा सारङ्गीको मधुर धुन बजेको छ । अनि काँधमा चढेको बच्चाले बाउलाई सोध्छ- ‘तिमी मलाई सधैँ किन काँधमा बोकेर हिँड्छौ ?’ जवाफमा बाउले खुइँ काढ्दै हाँस्दै भन्छ- ‘मभन्दा ठूलो मान्छे होलास्, मैलेभन्दा परसम्म देख्लास् भनेर ।’ त्यसपछि सारङ्गीको धुनमा मर्मस्पर्शी गीत गुञ्जन्छ । छोराका लागि बाबुले जस्तासुकै चुनौती पनि सामना गर्न सक्ने भाव गीतमा छ ।

सरोज पौडेलको कथा तथा निर्देशनमा बन्न लागेको फिल्मले ग्रामीण परिवेशमा रहेर कथा भन्ने पोस्टरले बुझाउँछ । विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ छन् । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद लेखन छ भने प्रशान्त सिवाकोटीले संगीत दिनेछन् । फिल्मलाई आगामी वर्ष विश्वव्यापी प्रदर्शनको लक्ष्य राखिएको छ ।