मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चार हप्तामा ‘महाजात्रा’ले १६ करोड हाराहारी कमाएको दाबी

फिल्मीखबर, काठमाडौं, 2024/04/19

mahajatra

 

‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’ले नेपाल र विदेशमा ठूलो अंक जोडेको छ । गत चैत ९ गतेदेखि प्रदर्शनमा आएको फिल्मले चार हप्तामा नेपालभित्र मात्र १६ करोड हाराहारी व्यापार गरेको निर्माण कम्पनी षट्कोण आर्ट्सको दाबी छ । शुक्रबार सार्वजनिक एक पोस्टरमा फिल्मको चार हप्ताको कमाई १५ करोड ९० लाख उल्लेख गरिएको छ । र, देशबाहिरको अंक १० करोड ७५ लाख छ ।

निर्माण कम्पनीका अनुसार, देश र देशबाहिर गरी फिल्मको व्यापार २६ करोड ६५ लाख पुगेको छ । विदेशको कमाईमा मध्यपूर्वी, अष्ट्रेलिया र अमेरिकाको ठूलो योगदान छ । अष्ट्रेलियाको सिड्नीमा ‘महाजात्रा’ले अघिल्लो श्रृंखला ‘जात्रै जात्रा’को कमाईलाई समेत उछिनिसकेको छ । दर्शकबाट प्राप्त प्रतिक्रिया र ‘ब्रान्ड भ्यालू’का कारण फिल्मले नेपाल र विदेशमा लोभलाग्दो अंक जोडेको हो ।

नेपालमा ‘महाजात्रा’ले अघिल्लो वर्षको सर्वाधिक सफल फिल्म ‘जारी’को रेकर्ड पछ्याइरहेको छ । यसले १७ करोड १७ लाखमाथि व्यापार गरेको तथ्यांक छ । ‘महाजात्रा’लाई यो रेकर्ड तोड्न अब डेढ करोडको हाराहारी व्यापार आवश्यक छ । शुक्रबार (चैत ७ गतेबाट) पाँचौं हप्तामा प्रदर्शन सुरु गरेको फिल्मलाई अझै पनि देशभरका मल्टीप्लेक्सहरुले सुखद् शोज उपलब्ध गराएका छन् ।

‘महाजात्रा’ले व्यावसायिक सफलता हासिल गर्नुमा तीनवटा पक्ष महत्त्वपूर्ण मान्न सकिन्छ । पहिलो, यो सफल फिल्मको श्रृंखला हो । यसले आफ्नै दर्शक बनाएको छ । दोस्रो, ‘वर्ड अफ माउथ’को प्रभाव । समीक्षा कमजोर प्राप्त भए पनि मध्यान्तरअघिको कमेडीले दर्शक राम्रैसित रिझायो । तेस्रो, बलियो ‘स्टारकास्ट’ । नाम चलेका कलाकारहरुको जत्था हुँदा व्यापारमा ठूलो फाइदा पुगेको छ ।