मिति : २०८१ वैशाख १९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बडे मियाँ छोटे मियाँ’ र ‘मैदान’ दुवै डिजास्टर

फिल्मीखबर, काठमाडौं, 2024/04/18

Bade Miyan Chote Miyan to have better opening day, Ajay Devgn's Maidaan  lags behind in advance booking – India TV

 

बलिउडमा इदलाई सलमान खानको मिति भन्ने गरिन्छ । किनकि, उनका प्रायः फिल्म इदमा आउँछन् । र, व्यापार पनि आक्रामक गर्छन् । तर, यसपटक उनको फिल्म आएन । यद्यपि, इद खाली पनि रहेन । ‘बडे मियाँ छोटे मियाँ’ र ‘मैदान’ इदमा रिलिज भएका थिए । दुवै फिल्ममा ठूला ‘स्टार’ भएकाले राम्रो व्यापार गर्ने प्रक्षेपण गरिएको थियो । तर, यी दुवै ठूलो डिजास्टर बन्न पुगेका छन् ।

दुवै फिल्मलाई इदसहित तीनवटा छुट्टी मिलेको थियो । यसका बावजूद पनि व्यापार उकासिन सकेन । सातौं दिनमा आइपुग्दा दुवै फिल्म हलमा दम तोड्ने अवस्थामा पुगेका छन् । ‘बडे मियाँ छोटे मियाँ’ ३ सय ५० करोडमाथिको लगानीमा बनेको हो । तर, एक हप्तामा फिल्मको व्यापार ५० करोड पनि छैन । सातौं दिन (राम नवमी)मा फिल्मको व्यापार जम्मा २ करोड ५० लाख मात्र रह्यो ।

यो फिल्मले भारतमा ७ दिनमा ४८ करोड २० लाख कमाएको इन्डिया टाइम्सले उल्लेख गरेको छ । व्यापार घट्दो क्रममा रहेकाले फिल्म ६० करोडको आसपास टुंगिन सक्ने देखिन्छ । ‘मैदान’ले भने एक सातामा २७ करोड कमाएको छ । यो सय करोडमाथिको बजेटमा बनेको फिल्म हो । ‘बडे मियाँ छोटे मियाँ’ र ‘मैदान’को व्यापारले एउटा कुरा प्रमाणित गरेको छ, ‘स्टार’ले फिल्म चल्दैन ।