मिति : २०८१ वैशाख १९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘फर्की फर्की’ ट्रेलर : टाइम ट्राभलको कथामा भगवान् ठान्ने अनमोल

फिल्मीखबर, काठमाडौं, 2024/04/18

ANMOL KC, JASSITA GURUNG

 

आगामी जेठ १० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट २६ सेकेण्ड लम्बाईको ट्रेलरले टाइम ट्राभल (समय यात्रा)को कथा भन्छ । म्याडी पात्र (अनमोल केसी)ले हरेकपल्ट गल्ती गर्दा उसको जीवन पहिलेकै अवस्थामा फर्किन्छ । त्यसपछि उसले आफूलाई भगवान् ठान्छ ।

ट्रेलरमा अनमोल स्टाइलिस रुपमा प्रस्तुत छन् । तर, उनको चरित्र रिसाहा र सन्की स्वभावको देखिन्छ । बोलीभन्दा अगाडि उनको मुक्का र लात्ति चल्छ । उनको ‘लभ इन्ट्रेस्ट’को भूमिकामा अभिनेत्री जसिता गुरुङ छिन् । उनीहरुबीचको प्रेम, रोमान्स र सम्बन्धमा आउने उतार-चढावलाई पनि ट्रेलरमा देखाइएको छ । उच्च मेकिङ क्वालिटी र दृश्यहरुबीचको तालमेल ट्रेलरको बलियो पक्ष हो ।

फिल्मलाई सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । निर्देशनको हिसाबले यो उनको दोस्रो फिल्म हो । करिब ४ वर्ष अगाडि उनले ‘सानो मन’को निर्देशन गरेका थिए । ‘फर्की फर्की’को ट्रेलर हेर्दा उनले लभस्टोरीमा फरक कथा भन्ने प्रयास गरेको देखिन्छ । फिल्ममा अनमोल र जसितासँगै सलोन बस्नेत, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय छ ।

ओम प्रकाश अग्रवाल र रोहित अधिकारीको निर्माण रहेको फिल्मका सह-निर्माता मनोज ओली र रामु न्यौपाने हुन् भने मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्मातामा छन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र थापाको सम्पादन, रोमन बज्रचार्य र नरेन लिम्बूको संगीत तथा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ । बक्स अफिसमा ‘फर्की फर्की’, ‘पूजार सार्की’ र ‘दान्भी’बीच भिडन्त हुँदैछ ।