मिति : २०८१ वैशाख १९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पहाड’बाट निर्देशनमा फर्किँदै तुलसी घिमिरे

फिल्मीखबर, काठमाडौं, 2024/04/18

 

नेपाली फिल्मको एउटा युग हाँक्ने निर्देशक हुन्, तुलसी घिमिरे । ‘बाँसुरी, कुसुमे रुमाल, बलिदान, दर्पण छाँया, चिनो, लाहुरे’ जस्ता अजम्बरी फिल्म दिएका उनी करिब ७ वर्षयता भने निर्देशनमा सक्रिय छैनन् । पछिल्लो फिल्म ‘दर्पण छायाँ २’को असफलतापछि निर्देशनबाट टाढा देखिएका उनी अब भने कमब्याकको तयारीमा जुटेका छन् । यस वर्ष एउटा फिल्म बनाउने उनको योजना छ ।

निर्देशक घिमिरेले फिल्मको शीर्षक ‘पहाड’ राखेका छन् । मानवविहीन बन्दै गएको पहाडी भूगोलको कथामा उनले फिल्म बनाउन लागेका हुन् । यसका लागि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई अभिनयको प्रस्ताव राखिएको छ । उनीहरुले काम गर्ने वा नगर्ने तय भइसकेको छैन । अभिनेता विपिन कार्की भने लगभग निश्चित भएका छन् । दशैंपछि छायांकन सुरु गर्ने तुलसीको योजना छ ।

फिल्मको कथा लेख्दा मुख्य भूमिकामा दयाहाङ राईलाई कल्पना गरेको निर्देशक घिमिरेले एक दैनिक पत्रिकासँगको कुराकानीमा बताएका छन् । उनले दयाहाङलाई फिल्म अप्रोच पनि गरे । तर, यस वर्ष उनी धेरै फिल्ममा अनुबन्ध भएकाले काम गर्न नभ्याउने भएपछि तुलसीले सौगात मल्ल या प्रदीप खड्कालाई लिनेबारे सोचेका रहेछन् । उनीहरु पनि व्यस्त भएकाले सहकार्य हुन सकेन ।

अब लगालग फिल्म बनाउने योजना तुलसी छन् । यतिबेला उनीसँग ३/४ वटा फिल्मको स्क्रिप्ट तयार छ । ‘दर्पण छायाँ २’ असफल भएपछि भने उनी अब फिल्मै नबनाउने सोचमा पुगेका थिए । तर, जानेको र सिकेको फिल्म मेकिङ भएकाले यसबाट टाढा जान नसकेको उनले बताएका छन् । भारतको कालिम्पोङमा जन्मिएका उनले नेपालको मानार्थ नागरिक बन्ने इच्छा व्यक्त गरेका छन् ।