मिति : २०८१ वैशाख १९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

६ वर्षदेखि रोकिएको ‘फान अवार्ड’ फेरि गर्दै कलाकार संघ

फिल्मीखबर, काठमाडौं, 2024/04/18

fan award

 

चलचित्र कलाकार संघले ६ वर्षदेखि रोकिएको ‘फान अवार्ड’लाई निरन्तरता दिने भएको छ । २०७२ र २०७४ साल गरी दुईपटक आयोजना भएको अवार्ड कोभिडपछि रोकिएको थियो । अब यस वर्ष अवार्डको तेस्रो संस्करण आयोजना गर्ने तयारीमा संघ जुटेको छ । २०७९ र २०८० सालमा रिलिज भएका फिल्मलाई समेट्दै अवार्ड प्रदान गरिने संघका महासचिव सविन श्रेष्ठले जानकारी दिए ।

संघले दुई वर्षको छुट्टाछुट्टै अवार्ड विभिन्न विधामा प्रदान गर्न लागेको हो । यसका लागि केही दिनभित्र आवेदन फारम खुल्ला गरिने सविनले बताए । ‘फान अवार्ड’को पहिलो संस्करणमा २० वटा विधामा अवार्ड वितरण गरिएको थियो भने दोस्रो संस्करणमा ४ विधा थपिएको थियो । अवार्ड वितरणसँगै एकजना फिल्मकर्मीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ समेत प्रदान गर्ने संघको तयारी छ ।

‘फान अवार्ड’को सुरुवात संघका पूर्वअध्यक्ष स्वर्गीय रामकेशर बोगटीको कार्यकालमा भएको थियो । उनको निधन भएपछि अवार्ड कार्यक्रमले निरन्तरता पाउन सकेको थिएन । त्यसो त कलाकार संघले अवार्ड गर्नु आफैंमा विरोधाभास हो । कलाकारको हकहित र अधिकारका लागि लड्नुपर्ने संस्थाले कलाकारहरुकै कामको मुल्यांकन गरेर अवार्ड प्रदान गर्नु अर्थपूर्ण र सान्दर्भिक देखिँदैन ।