मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

अनमोलको डेब्यू फिल्म ‘होस्टेल’को तेस्रो श्रृंखला बन्ने

फिल्मीखबर, काठमाडौं, 2024/04/17

HOSTEL 3 ANNOUNCEMENT POSTER

 

अभिनेता अनमोल केसीको पहिलो फिल्म थियो, ‘होस्टेल’ । फिल्म सफल हुँदा उनी ‘स्टार’ कहलिए । यसको दोस्रो श्रृंखलाबाट भने सुशील श्रेष्ठ, स्वस्तिमा खड्का, नाजिर हुसेनको डेब्यू भयो । अब यो फिल्मको तेस्रो श्रृंखला पनि निर्माण हुने भएको छ । बुधबार एक पोस्टर सार्वजनिक गर्दै ‘होस्टेल ३’को घोषणा गरियो । यसलाई गायक समेत रहेका सशान कँडेलले निर्देशन गर्ने भएका छन् ।

‘होस्टेल’को अघिल्ला दुई श्रृंखला निर्माण गरेका सुनिल रावल तेस्रो श्रृंखलामा भने कलाकारको रुपमा मात्र रहनेछन् । उनले सम्मान इन्टरटेन्मेन्टलाई फिल्म निर्माणको सम्पूर्ण अधिकार दिएका छन् । फिल्मको निर्मातामा शिशिर ज्ञवाली, कार्यकारी निर्मातामा शङ्कर कोइराला तथा सह-निर्मातामा सुरेश कँडेल, सुधा मरहट्ठा र अर्जुन सापकोटा छन् । फिल्मको छायांकन र प्रदर्शन यसै वर्ष हुनेछ ।

होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनएजर र उनीहरुको भविष्यको कथामा फिल्म बन्ने निर्देशक कँडेलले जानकारी दिए । माधव शर्माको पटकथा लेखन रहेको फिल्ममा निर्देशक कँडेल स्वयंको कथा छ । स्क्रिप्ट लेखनमा मात्र डेढ वर्ष लागेको माधवको भनाई छ । यम प्रसाद ओलीको प्रोडक्सन डिजाइन रहने फिल्मका लागि मुख्य कलाकारहरु भने निश्चित हुन बाँकी रहेको जनाइएको छ ।