मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

८ वर्षपछि जुर्‍यो प्रदीप र सुदर्शनको सहकार्य

फिल्मीखबर, काठमाडौं, 2024/04/16

pradeep khadka

 

फिल्म ‘प्रेमगीत’पछि दुई ध्रुव भएका अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच ८ वर्षपछि फिल्ममा सहकार्य जुरेको छ । मंगलबार उनीहरुले नयाँ फिल्मका लागि लिखित सम्झौता गरेका छन् । आगामी तिहारपछि छायांकनको तयारी गरिएको फिल्म पूर्ण रुपमा लभस्टोरी हुनेछ । सुदर्शनकै निर्माण रहने फिल्ममा प्रदीपको जोडी अभिनेत्री पूजा शर्मासँग बाँधिने लगभग निश्चित छ ।

प्रदीप र सुदर्शनबीच सहकार्य हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । किनकि, ‘प्रेमगीत’पछि उनीहरुको सम्बन्ध चिसिएको थियो । सुदर्शन र निर्माता सन्तोष सेनबीचको मनमुटावमा प्रदीपले सेनलाई साथ दिएका थिए । तर, ‘प्रेमगीत ३’पछि उनको सेनसँग सम्बन्ध बिग्रिएको चर्चा छ । सेनको आगामी फिल्म ‘बलिदान’मा उनी नहुनुले पनि यसलाई पुष्टि गर्छ । यसैले उनले सुदर्शनसँग हात मिलाएको हुनसक्ने विश्लेषण गरिएको छ ।

सुदर्शनले ‘प्रेमगीत’ले छाडेको छापलाई निरन्तरता दिने गरी फिल्म बन्ने बताएका छन् । फिल्मको नाम भने तय भइसकेको छैन । यो फिल्मभन्दा अगाडि सुदर्शनले अभिनेता पल शाहलाई लिएर ‘रावायण’ बनाउँदैछन् । प्रदीपसँग पनि यतिबेला फिल्मको ताँती छ । यही बैशाख अन्तिमबाट उनले ‘एक्टर’मा काम गर्दैछन् भने ‘पिताम्बर’, ‘ऐरी’ र ‘एक्लो’ पनि ‘पाइपलाइन’मा छन् ।