मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बोक्सीको घर’को फरक प्रचार शैली, सेलिब्रेटीलाई केक उपहार

फिल्मीखबर, काठमाडौं, 2024/04/16

boksi ko ghar

 

पछिल्लो समय फिल्म बनाउनभन्दा प्रचारमा बढी मिहिनेत गर्नुपर्ने अवस्था छ । प्रचारले नै फिल्मप्रति दर्शकलाई आकर्षित गराउने भएकाले यो महत्त्वपूर्ण छ । तर, अक्सर फिल्म यहीँ चुक्ने गरेका छन् । जसले गर्दा राम्रा फिल्म पनि व्यापारमा कमजोर बनिरहेका छन् । हुन त, प्रचारले मात्र फिल्म सफल हुने होइन । यद्यपि, फरक शैलीको प्रचारले व्यापारमा केही हदसम्म फाइदा भने पुग्छ ।

यही बैशाख १४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बोक्सीको घर’ले पनि प्रचारमा नयाँ शैली अपनाएको छ । विशेषगरी फिल्मको प्रचार सेलिब्रेटी लक्षित छ । निर्माण टिमले कलाकार तथा मेकरहरुलाई नयाँ वर्ष २०८१ को उपहारस्वरुप फिल्मको नाम अंकित केक पठाइरहेको छ । साथमा फिल्मको प्रदर्शन मिति र कथासार बुझाउने एउटा पत्र पनि राखिएको छ ।

अभिनेत्रीहरु स्वस्तिमा खड्का, वर्षा राउत, वर्षा सिवाकोटी, बेनिशा हमाल, सरिता गिरी, ‘महाजात्रा’ टिम लगायतलाई केक उपहार पठाइएको छ । र, अधिकांशले आ-आफ्नो सामाजिक सञ्जालमा केकको तस्वीरसहित फिल्मलाई शुभकामना दिएका छन् । यसले फिल्मको राम्रो प्रचार भएको छ । किनभने उनीहरुको सामाजिक सञ्जालमा जोडिएका दर्शकमाझ फिल्मको जानकारी पुगेको छ ।

‘बोक्सीको घर’ले बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने उत्पीडनको कथा उठाएको छ । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्ममा केकी अधिकारी, रमा थपलिया, सुपला सापकोटा, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला आदिले अभिनय गरेका छ । अहिले फिल्ममा समावेश ‘बुझिनँ मैले’ गीत चर्चामा छ । यो गीतले फिल्मको हाइप निर्माणमा ठूलो भूमिका खेलेको छ ।