मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

निगमको ‘भाइरल गोर्खे’मा सौगात र सृष्टि

फिल्मीखबर, काठमाडौं, 2024/04/16

saugat malla

 

पाँच वर्ष लामो प्रेम सम्बन्धलाई पूर्ण विराम लगाएपछि अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठबीच बोलचाल समेत बन्द भएको थियो । तर, ब्रेकअपपछि पनि उनीहरु फिल्ममा फेरि एकसाथ काम गर्न तयार भएका छन् । ‘छड्के’ निर्देशक निगम श्रेष्ठको नयाँ फिल्म ‘भाइरल गोर्खे’मा उनीहरुको जोडी बाँधिन लागेको हो । मंगलबार एक पोस्टर सार्वजनिक गर्दै यो फिल्मको घोषणा गरियो ।

पोस्टरमा सौगात मात्र चित्रित छन् । उनले दुईवटा राँगोमाथि खुट्टा राखेर बलिष्ठ पाखुरा देखाइरहेका छन् । उट्पट्याङ काम गरेर सामाजिक सञ्जालमा भाइरल हुन खोज्ने पात्रको कथामा फिल्म बन्न लागेको पोस्टरले संकेत गर्छ । सौगातले आफ्नो फेसबुक पेजमा पोस्टर सेअर गर्दै ‘हाँस्नलाई तयार हुनुस्’ भनेका छन् । फिल्मको यही बैशाख ६ गतेबाट छायांकन सुरु हुने निर्देशक श्रेष्ठले बताए ।

सौगात र सृष्टिका साथै बुद्धि तामाङ र लक्ष्मी गिरीको पनि अभिनय रहने फिल्मलाई अमर महर्जनले छायांकन गर्नेछन् । फिल्मको निर्माता विशाल ताम्राकार र महेश लामिछाने हुन् । लमजुङ र गोर्खामा छायांकनको तयारी गरिएको फिल्मले सामाजिक सञ्जालले निम्त्याएको राम्रो र नराम्रो दुवै पक्षलाई देखाउने निर्देशक श्रेष्ठको भनाई छ । उनी निर्देशित पछिल्लो रिलिज फिल्म ‘छड्के २’ हो ।