मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘खजुरे ब्रो’ टिजर : जब खजुरे सुन्दरीको प्रेममा पर्छ

फिल्मीखबर, काठमाडौं, 2024/04/12

Niti Shah, Rear Rai

 

आगामी बैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको सुरज सुनुवारद्वारा निर्देशित फिल्म ‘खजुरे ब्रो’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट ३८ सेकेण्ड लम्बाईको टिजरले मनमौजी जीवन बाँचिरहेको खजुरे पात्र (रेयर राई)लाई पछ्याएको छ । उसको प्रेम, मित्रता र संघर्षलाई टिजरमा रोचक शैलीमा देखाइएको छ । अभिनेत्री नीति शाह रेयरको ‘लभ इन्ट्रेस्ट’को भूमिकामा प्रस्तुत छिन् ।

यो फिल्म धरानमा कुनै बेला चर्चित मानिएका खजुरे पात्रबाट प्रभावित भएर बनेको हो । यी पात्रको मृत्यु भइसकेको छ । युट्युबमा उनका केही भिडियोहरु भने भेटिन्छन् । उनको बोल्ने शैली पृथक थियो । मृत्युअघि धरानमा मानिसहरुका लागि मनोरञ्जनको पात्र बनेका उनी त्यो स्थितिमा आइपुग्नुका पछाडि दुखान्त कहानी रहेको बताइन्छ । फिल्मले यही पात्रको जीवन संघर्षलाई देखाउनेछ ।

फिल्ममा रेयर र नीतिसहित महेश त्रिपाठी, नविन मानन्धर, प्रकाश भुजेल, विनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा लगायतको पनि अभिनय छ । नविन मानन्धर र निर्देशक सुनुवारको निर्माण रहेको फिल्ममा सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सहनिर्माता छन् । डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको फिल्मलाई शिशिर बिसंखेले खिचेका हुन् ।