मिति : २०८१ ज्येष्ठ ९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रशान्तको निर्देशनमा बन्ने ‘सारंग’मा ऋचा

फिल्मीखबर, काठमाडौं, 2024/04/12

reecha sharma

 

कोरियोग्राफरको रुपमा परिचित प्रशान्त तामाङको निर्देशनमा फिल्म ‘सारंग’ निर्माण हुने भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच फिल्मको घोषणा गर्दै विषयवस्तु र कलाकारको बारेमा जानकारी गराइयो । बाल मनोविज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको कथामा बन्न लागेको फिल्ममा अभिनेत्री ऋचा शर्माले मुख्य भूमिकामा अभिनय गर्ने भएकी छन् ।

निर्देशक तामाङ स्वयंको लेखन रहेको ‘सारंग’मा उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, दीपिका थापा, निरज ब्ल्याक, सुमन सागर जंग केसी, बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्कीले पनि अभिनय रहनेछ । दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मलाई गोपाल रायले छायांकन तथा मित्र ध्वज गुरुङले सम्पादन गर्ने जिम्मवारी पाएका छन् ।

निर्देशक तामाङले घरसमाजमा आफूले देखेको विषयलाई पर्दामा उतार्न लागेको बताए । त्यस्तै, ऋचाले आफूलाई फिल्मको स्क्रिप्ट मन परेको बताउँदै यसप्रकारको फिल्मले समाजलाई सही दिशामा निर्देश गर्न भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् । फिल्ममा दर्शकले आफूलाई फरक भूमिकामा देख्न पाउने समेत उनको दाबी थियो । यही आइतबारबाट फिल्मको छायांकन सुरु गरिँदैछ ।