मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रावायण’मा एक्सन हिरो बन्दै पल

फिल्मीखबर, काठमाडौं, 2024/04/12

paul shah (2)

 

अभिनेता पल शाहले अब चरित्रमा विविधता दिन खोजिरहेका छन् । आगामी जेठ १० गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पूजार सार्की’मा समाजको विद्रोही चरित्रमा देखिन लागेका उनी नयाँ फिल्म ‘रावायण’मा एक्सन भूमिकामा प्रस्तुत हुँदैछन् । त्यसका लागि उनले २० दिनदेखि एक्सनको बन्द प्रशिक्षण लिइरहेका छन् । उनलाई द्वन्द्व निर्देशक श्री श्रेष्ठले एक्सनको तालिम गराइरहेका छन् ।

 

paul shah (2)


पलले गरेको मिहिनेत गर्दा श्रीलाई उनीबाट धेरै राम्रो एक्सन निकाल्न सकिन्छ भन्ने लागेको छ । उनी भन्छन्, ‘उहाँले राम्रो मिहिनेत गर्नुभएको छ । यत्तिको गर्नुहुन्छ जस्तो मलाई लागेको थिएन । उहाँबाट राम्रो एक्सन निकाल्न सकिन्छ भन्ने लाग्छ ।’ फिल्ममा पल दोहोरो भूमिकामा देखिने जनाइएको छ । सुदर्शन थापाको निर्देशन रहने फिल्ममा पलको जोडी अभिनेत्री पूजा शर्मासँग बाँधिनेछ ।

 

paul shah (2)


‘रावायण’मा पल र पूजाका साथै प्रियंका कार्की, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकालको पनि अभिनय रहनेछ । फिल्ममा शिवम् अधिकारीको लेखन छ भने विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । आगामी तीजलाई लक्षित गर्दै भदौ २१ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको छायांकन भने बैशाख दोस्रो साताबाट सुरु गरिँदैछ ।