मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नयाँ वर्ष छोप्न हलमा ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’

फिल्मीखबर, काठमाडौं, 2024/04/12

digri maila and the red suitcase

 

फिल्म रिलिजका लागि नयाँ वर्ष उपयुक्त मानिन्छ । यसैले यसपटक पनि नयाँ वर्ष २०८१ छोप्न दुई फिल्म प्रदर्शनमा आएका छन् । ‘कबड्डी’ श्रृंखलाका रामबाबु गुरुङको निर्देशनमा बनेको ‘डिग्री माइला’ र फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ले शुक्रबारबाट प्रदर्शन सुरु गरेका हुन् । दुवै फरक कथामा र फरक शैलीमा निर्माण भएका कारण यसका लक्षित दर्शक पनि अलग हुनसक्छन् ।

‘डिग्री माइला’ ठूलो ‘स्केल’मा रिलिज भएको छ । यसले देशभर २ सयभन्दा बढी शोज प्राप्त गरेको छ । एकातिर ‘कबड्डी’ समूहको फिल्म र अर्कोतिर बलियो ‘स्टारकास्ट’ भएकाले फिल्मले घरेलू बक्स अफिसमा सुखद् व्यापार गर्ने प्रक्षेपण गरिएको छ । त्यसमाथि बलिउडका दुई फिल्म ‘बडे मियाँ छोटे मियाँ’ र ‘मैदान’ नेपालमा रिलिज भएका छैनन् । यसले गर्दा पनि फिल्मलाई थप सहज छ ।

बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई र आँचल शर्मा जोडीको रुपमा छन् भने प्रकाश घिमिरे, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, हिउँवाला गौतम, सोमनाथ खनाल, पशुपति राई, लोकेन्द्र लेखकको पनि अभिनय छ । आफूभित्रको अहंकार र घमण्डलाई नियन्त्रण गर्न नसक्दा त्यसले आफैंलाई पार्ने क्षतिको कथामा फिल्म केन्द्रित छ ।

त्यस्तै, ‘द रेड सुटकेस’मा सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठ, प्रवीण खतिवडा मुख्य भूमिकामा छन् । नेपाल प्रदर्शनभन्दा अघि फिल्मले विश्वका प्रतिष्ठित फेस्टिभलको फन्को लगाइसकेको छ । भेनिस फिल्म फेस्टिभलमा उपस्थित दर्शकले फिल्म हेरेपछि तीन मिनेट ‘स्ट्यान्डिङ ओभेसन’ दिएका थिए । फिल्मले पिकअप भ्यानमा कफिन (शवको बाकस) लिएर जाने ड्राइभरको कथा भन्छ ।