मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बोक्सीको घर’ ट्रेलरमा प्रभावशाली केकी

फिल्मीखबर, काठमाडौं, 2024/04/07

keki adhikari

 

नाटकमा आधारित भएर बनेको फिल्म ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक साढे २ मिनेट लम्बाईको ट्रेलरले बोक्सीको आरोप लगाइएकी एक महिला पात्रलाई पछ्याउँछ, जसमा अभिनेत्री केकी अधिकारी प्रस्तुत छिन् । ट्रेलरमा उनको चरित्रचित्रण प्रभावशाली देखिन्छ । उनको गेटअप र हाउभाउले डर पैदा गराउँछ ।

फिल्मको कथा गाउँमा आधारित छ । बालविवाह भएकी एक युवतीलाई बोक्सीको आरोप लगाइन्छ । गाउँघरमा कोही विरामी हुँदा उनैमाथि प्रश्न उठ्छ । र, त्यो कथा लेख्न श्वेच्छा राउत गाउँ पुगेकी छन् । ट्रेलरमा पिपलको बोटलाई विम्बको रुपमा प्रयोग गरिएको छ । पिपलको बोटप्रति विश्वास र अन्धविश्वास दुवै छ । यसैले हुनसक्छ, ट्रेलरमा केकीको पात्र पिपलको बोटमै बढी देखिएको छ ।

आगामी बैशाख १४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्ममा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ । उनी स्वयं फिल्ममा केकीको श्रीमानको भूमिकामा प्रस्तुत छन् । रमा थपलिया, सुपला सापकोटा, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला आदिको पनि अभिनय रहेको फिल्ममा केकीका बाबु तथा निर्देशक बद्री अधिकारी निर्माता र राज घिमिरे कार्यकारी निर्माता हुन् ।

केकीले फिल्ममा निभाएको पात्र आफ्नो ‘कम्फर्ट जोन’को नभएको बताएकी छन् । ‘यो मेरो ‘कम्फर्ट जोन’को पात्र होइन । मैले धेरै मिहिनेत गर्नुपर्ने पात्र थियो । ६ महिना त वर्कसप नै गर्‍यौं । आवाजदेखि शारीरिक हाउभाउमा काम गर्‍यौं,’ उनले भनिन् । कहिल्यै नदेखिएको र नभनिएको कथा पर्दामा आउन लागेको केकीको जिकिर छ । उनी यो फिल्मलाई इमानदार प्रयास भन्न रुचाउँछिन् ।