मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बलिदान’को एक्सन खिच्न सेट डिजाइन गरिँदै

फिल्मीखबर, काठमाडौं, 2024/04/07

BALIDAN SET DESIGN START (2)

 

आगामी दशैंको फूलपातीमा प्रदर्शन गर्न लागिएको फिल्म ‘बलिदान’को बैशाख अन्तिमबाट छायांकन सुरु गरिँदैछ । त्यसका लागि यतिबेला पूर्वको इटहरीमा सेट डिजाइनको काम सुरु गरिएको छ । निर्देशक तथा निर्माता सन्तोष सेनले फिल्मको कथामा आउने देशकाल र परिस्थितिलाई दुरुस्त झल्काउने लोकेसन खोज्नुपर्ने चुनौतीबीच सेट डिजाइन गर्न लागिएको जानकारी गराएका छन् ।

 

May be an image of 7 people


यतिबेला इटहरीमा रहेको बिएमसी स्टुडियोमा सेट निर्माणको काम भइरहेको छ । सो स्टुडियोको उद्घाटन नै ‘बलिदान’बाट हुनेछ । ‘आउटडोर’ र ‘इनडोर’ दुवैका लागि सेट तयार पारिनेछ । ४० प्रतिशत ‘इनडोर’ र १० प्रतिशत ‘आउटडोर’को छायांकन सेटमै हुनेछ । बाँकी ५० प्रतिशत विराटनगर र इटहरीसहित त्यस नजिकका क्षेत्रमा गरिनेछ । सेटमा विशेषगरी एक्सन सिन खिचिनेछ ।

 

bmc-studio


नेपालको तराई क्षेत्रका कला, संस्कृति र भूगोलसँग फिल्मको कथाको परस्पर सम्बन्ध जोड्नुपर्ने भएकाले व्यापक तयारी आवश्यक रहेको निर्देशक सेनको भनाई छ । यो कार्यलाई उनले ‘बलिदान’को महत्त्वपूर्ण प्रकरण भनेका छन् । उनी भन्छन्, ‘अबको प्रकरण कथामा आउने संसारमा देशकाल र परिस्थितिलाई दुरुस्त झल्काउनु हो । यो प्रकरण छिचोल्न चुनौतीका साथै रमाइलो पनि छ ।’

 

balidan


‘बलिदान’बाट अभिनेता विराज भट्टका छोरा समीर भट्टले अभिनयमा डेब्यू गर्दैछन् । उनले लामो समय मुम्बईमा बसेर नृत्य, द्वन्द्व, अभिनय र मार्सल आर्टको तालिम सिकेका थिए । फिल्ममा उनको अपोजिटमा अभिनेत्री नीति शाहको नाम चर्चामा छ । फिल्ममा अभिनेताद्वय सौगात मल्ल र अर्पण थापा खलपात्रको रुपमा देखिँदैछन् भने अभिनेत्री ऋचा शर्माको पनि विशेष भूमिका रहनेछ ।