मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अजय देवगनसँग ८ वटा सिक्वेल फिल्म

फिल्मीखबर, काठमाडौं, 2024/04/04

Ajay Devgn - IMDb

 

सफल फिल्मको सिक्वेल बनाउने ट्रेन्ड चलेको छ, संसारभर । यो व्यापारिक हिसाबले सफल सूत्र मानिन्छ । बलिउडमा पनि यसको होडबाजी छ । नयाँ नाममा भन्दा सिक्वेल नै बढि बनिरहेका छन् । आगामी वर्ष पनि यसको ठूलो बाढी देखिँदैछ । अभिनेता अजय देवगनसँग मात्र ८ वटा सिक्वेल फिल्म छन् । यतिबेला उनी दुईवटा सिक्वेल फिल्म ‘सिंघम ३’ र ‘रेड २’को छायांकनमा व्यस्त छन् ।

अब आगामी जुनदेखि अजयले लण्डनमा अरु दुई सिक्वेल फिल्म ‘दे दे प्यार दे २’ र ‘सन अफ सरदार २’को छायांकन गर्दैछन् । ‘दे दे प्यार दे २’को पहिलो सेड्युल १५ दिनको राखिएको छ । त्यसपछि उनले ‘सन अफ सरदार २’लाई समय दिनेछन् । यसका साथै उनीसँग ‘गोलमाल ५’, ‘धमाल ४’, ‘दृश्यम ३’ र ‘शैतान २’ पनि छन् । यसरी हेर्दा अहिले उनीसँग सिक्वेल फिल्म मात्र देखिएको छ ।

यस वर्षका लागि अजयको पहिलो फिल्म ‘शैतान’ गत मार्च ८ मा रिलिज भएको थियो । यसले ठूलो सफलता पाएको छ । भारतमा १ सय ४० करोडमाथि कमाइसकेको फिल्मले विश्वभरबाट २ सय करोड जोडेको छ । अब आगामी वर्ष यसको सिक्वेल निर्माणको तयारी गरिएको छ । २०२४ मा अजयको ‘मैदान’ (अप्रिल १०) र ‘सिंघम अगेन’ (अगस्ट १५) पनि प्रदर्शनमा आउने तयारीमा छन् ।