मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘डिग्री माइला’ गीतमा दयाहाङ र आँचलको नोकझोंक

फिल्मीखबर, काठमाडौं, 2024/04/03

Dayahang Rai And Aanchal Sharma

 

नयाँ वर्ष २०८१ को अवसर पारेर चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डिग्री माइला’को नयाँ गीत ‘किन ?’ सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक गीतमा हेमन्त रानाको शब्द रचना, संगीत तथा गायन रहेको छ । गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचलबीचको नोकझोंकपूर्ण प्रेम देख्न सकिन्छ । फिल्मले अन्तरजातीय प्रेमकथालाई पनि उठाएको संकेत गीतले गर्छ ।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्ममा प्रकाश घिमिरे, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, हिउँवाला गौतम, कमलमणि नेपाल, सोमनाथ खनाल, पशुपति राई, लोकेन्द्र लेखक आदिको पनि अभिनय रहेको छ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने उखानलाई स्लोगन बनाइएको फिल्ममा शिवराम श्रेष्ठ र रिले एच. शेनको छायांकन छ भने निमेष श्रेष्ठको सम्पादन छ ।

फिल्मको निर्माताहरुमा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ छन् । कार्यकारी निर्माता क्रिश लामा हुन् । ‘डिग्री माइला’ नाटकमाथि बनेको फिल्म हो । २०६९ र २०७१ सालमा मण्डला थिएटरमा ‘डिग्री माइला’ नाटक मञ्चन भएको थियो । नाटकलाई दयाहाङले निर्देशन गरेका थिए । रामबाबुले नाटककै कथालाई केही परिमार्जित गरेर फिल्मको स्वरुप दिएका हुन् ।