मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन अमेरिका पुगे प्रदीप ?

फिल्मीखबर, काठमाडौं, 2024/04/03

pradeep khadka

 

‘प्रेमगीत’पछि अभिनेता प्रदीप खड्काले वर्षमा एक वा दुईवटा फिल्ममा मात्र काम गर्दै आइरहेका थिए । जसले गर्दा करिअरको ९ वर्षमा उनको जम्माजम्मी ८ वटा फिल्म पुगेको छ । अब भने उनले काम गर्ने शैली बदलेका छन् । अहिले उनको पाइपलाइनमा फिल्मको सूची हेर्ने हो भने आधा दर्जन हाराहारी छ । यसैले आगामी वर्ष उनलाई फिल्मको सेड्युल मिलाउनै समस्या पर्न सक्छ ।

उनले दुई हप्ताअघि फिल्म ‘पूजार सार्की’को छायांकन सकाएका थिए । अब उनले बैशाखपछि ‘पिताम्बर’, ‘एक्टर’ र ‘ऐरी’मा काम गर्नुपर्नेछ । तर, यतिबेला उनी अमेरिकामा छन् । ‘पूजार सार्की’को छायांकन सकिएको केही दिनमै उनी अमेरिका उडेका थिए । प्रदीपको साथमा ‘ऐरी’का निर्देशक जीवन थापा पनि छन् । फिल्मकै तयारीका लागि उनीहरु अमेरिका गएको हुनसक्ने देखिन्छ ।

अमेरिकामा उनीहरुले प्रोडक्सन डिजाइनर कृष्ण कोइराला, छायाँकार पवन गौतम, व्यवसायी प्रकाश श्रेष्ठ, इभेन्ट आयोजक दिवस बन र सुशान तिवारीसँग समेत भेट गरेका छन् । यसले पनि ‘ऐरी’को काम अमेरिकामा भइरहेको संकेत गर्छ । हिन्दी भाषामा बन्न लागेको यो फिल्मबाट प्रदीपले बलिउडमा डेब्यू गर्दैछन् । हिन्दीसहित नेपाली, तमिल र अंग्रेजी भाषामा पनि फिल्म निर्माण हुनेछ ।

‘ऐरी’, ‘पिताम्बर’ र ‘एक्टर’पछि आगामी वर्ष प्रदीपले निर्देशक प्रदीप शाहीको फिल्म ‘एक्लो’मा पनि काम गर्दैछन् । उनले निर्देशक सुदर्शन थापाको लभस्टोरी फिल्ममा पनि काम गर्ने निश्चित भइसकेको छ । यो फिल्ममा प्रदीपको जोडी पूजा शर्मासँग बाँधिने चर्चा छ । यसरी हेर्दा उनलाई अबको झण्डै एक वर्ष भ्याइनभ्याइ हुने देखिन्छ । हलमा पनि उनका फिल्महरु लगातार रिलिज हुनेछन् ।