मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बोक्सीको घर’को गीतमा केकीको नृत्य

फिल्मीखबर, काठमाडौं, 2024/04/02

KEKI ADHIKARI

 

जून जस्ती रे, फूल जस्ती रे !
कञ्चन खोला झरनाको, मूलजस्ती रे !
म बोक्सी, म देवी, म डार्लिङ, म बेबी
यो थरीथरी नाताले
यो सुन्दरताको गाथाले
म बाँधिएकी हुँ या सजिएकी हुँ ?


माथिको यो हरफ फिल्म ‘बोक्सीको घर’को ‘बुझिनँ मैले’ गीतको हो । गीतमा महिलालाई विभिन्न शब्दबाट गरिने वर्णन उल्लेख छ । महिलालाई देवी मान्ने र बोक्सीको आरोप पनि लगाउने दुवैथरी सामाजिक मान्यतालाई गीतले प्रश्न गर्छ । फिल्मको मर्मअनुसार नै गीत तयार भएको देखिन्छ । बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने अन्याय, अत्याचार र उत्पीडनको कथामा फिल्म बनेको छ ।

गीतमा प्रकाश सपूतको स्वर, शब्द रचना तथा संगीत रहेको छ । गायनमा उनलाई समीक्षा अधिकारीले साथ दिएकी छन् । सुनिल क्षेत्रीको कोरियोग्राफी र भिडियो निर्देशन रहेको गीतमा अभिनेत्री केकी अधिकारीले आकर्षक नृत्य गरेकी छन् । सुलक्षण भारती र रमा थपलिया पनि गीतमा चित्रित छन् । पिपलको रुखबाट सुरु भएको गीत अँध्यारोमा कालो बिरालोलाई चित्रित गर्दै टुंगिएको छ ।

आगामी बैशाख १४ गतेबाट प्रदर्शन हुन लागेको फिल्मलाई सुलक्षण भारतीले लेखन तथा निर्देशन गरेका हुन् । श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला, सुपला सापकोटा लगायतको पनि फिल्ममा अभिनय छ ।  फिल्ममा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । ८ वर्षअघि मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’मा आधारित भएर फिल्म बनेको हो ।