मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बैशाख ६ देखि रामेछापमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने

फिल्मीखबर, काठमाडौं, 2024/03/27

neruff

 

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (नेरुफ)को तेस्रो संस्करण आगामी बैशाख ६ देखि ८ गतेसम्म रामेछापमा आयोजना हुने भएको छ । बुधबार रामेछापको मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको बारेमा जानकारी गराइयो । ग्रामीण परिवेशमा बनेका नेपाली फिचर फिल्म, लघु फिल्म, डकुमेन्ट्री तथा विभिन्न भाषाभाषीका फिल्महरु महोत्सवमा प्रदर्शन गरिने जनाइएको छ ।

नेपाली फिल्म पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न संवाद कार्यक्रम पनि गरिने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले बताए । रामेछाप नगरपालिकाको सभा हलमा आयोजना हुन लागेको महोत्सवमा २ दर्जनभन्दा बढी फिल्म प्रदर्शन हुने उनको भनाई छ । महोत्सवको संयोजकमा निर्देशक कमल एक्चै मगर छन् । उनले आफ्नै गृहजिल्लामा महोत्सव गर्न पाउँदा उत्साहित रहेको बताए ।

रामेछाप जिल्लामा एउटा पनि सिनेमा हल छैन । त्यहाँका स्थानीयहरुले सिन्धुली झरेर फिल्म हेर्ने गरेका छन् । त्यसको दूरी करिब ५० किलोमिटर छ । फिल्मप्रति रुचि हुने दर्शकका लागि महोत्सव फलदायी सावित हुने र नेपाली फिल्मको प्रचार-प्रसारमा ठूलो मद्दत पुग्ने आयोजकको विश्वास छ । महोत्सव अवधिभर ३ हजारभन्दा बढी स्थानीय दर्शक सहभागी हुने आयोजकको अनुमान छ ।