मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘वर एन्ड वधु’का लागि विवेकले बनाए सुगठित शरीर

फिल्मीखबर, काठमाडौं, 2024/03/26

अब आँचलको पखाई 'वर एन्ड वधु', तर सकिएकै छैन छायांकन

 

गत वर्षको असारतिर मध्य-पूर्वी देश रोमानियामा फिल्म ‘वर एन्ड वधु’को ५० प्रतिशत छायांकन गरिएको थियो । त्यसपछि विभिन्न कारणले रोकिएको फिल्मको बाँकी ५० प्रतिशत छायांकन अब यही चैत तेस्रो साताबाट गरिने भएको छ । नेपालमै छायांकन गर्न लागिएको फिल्ममा अभिनेत्री आँचल शर्मा र नव-अभिनेता विवेक कर्माचार्य मुख्य भूमिकामा छन् भने मिलन चाम्स निर्देशक हुन् ।

फिल्मको दोस्रो चरणको छायांकनका लागि विवेकले सुगठित शरीर बनाएका छन् । निर्माण टिमले उपलब्ध गराएको एक तस्वीरमा उनको बलिष्ठ शरीर देखिन्छ । फिल्मको छायांकन हुँदा र अहिलेको उनको शरीरमा ठूलो परिवर्तन छ । लुक्स पनि फेरिएको छ । कथाको मागअनुसारै विवेकले शरीर बनाएको निर्देशक चाम्सले बताए । यसको अर्थ फिल्ममा उनी एक्सन भूमिकामा देखिनेछन् ।

 

Vivek Karmacharya


डा. अमित रिजाल कार्यकारी निर्माता रहेको फिल्मलाई एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो । नेपाल छायांकन सकिएसँगै फिल्मको प्रदर्शन मिति घोषणा गरिने जनाइएको छ । विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, सृष्टि खड्का, किरण केसी लगायतको पनि विशेष भूमिका रहेको फिल्मले विवाहको संस्कृतिलाई देखाउने निर्देशक चाम्सको भनाई छ ।