मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रुखान’मा भित्रिए आर्यन, नीतिसँग जोडी बाँधिने

फिल्मीखबर, काठमाडौं, 2024/03/26

aryan adhikari

 

‘कसले चोर्‍यो मेरो मन’ फेम्ड निर्देशक सविर श्रेष्ठले आफ्नो नयाँ फिल्म ‘रुखान’मा अभिनेता आर्यन अधिकारीलाई अनुबन्ध गरेका छन् । निर्माण कम्पनी सविन फिल्म्स र काइट्स इन्टरटेन्मेन्टले मंगलबार एक पोस्टरमार्फत् उनलाई फिल्ममा स्वागत गरेको छ । फिल्ममा उनको जोडी अभिनेत्री नीति शाहसँग बाँधिनेछ । निर्देशक श्रेष्ठले कथामा सुहाउने भएपछि आर्यनलाई भित्राइएको बताए ।

यो फिल्मलाई ४ वटा भाषामा निर्माण गर्ने तयारी गरिएको छ । फिल्मलाई नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी भाषामा निर्माण गरिने निर्देशक श्रेष्ठले बताए । फिल्ममा कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको लगानी रहनेछ । डाक्टर रुपक घिमिरेको कथा रहेको फिल्मका कार्यकारी निर्मातामा सविन श्रेष्ठ छन् । फिल्ममा अर्जुन पोखरेलको संगीत र अभिमन्यू निरवीको पटकथा तथा संवाद छ ।

देशका नागरिकहरुले विभिन्न समस्यासँग जुध्दै गर्ने संघर्षमा फिल्म आधारित हुने निर्देशक श्रेष्ठले बताएका छन् । मुख्यतया महिला संघर्षको कथामा फिल्म बन्नेछ । फिल्ममा नीति विद्रोही महिलाको भूमिकामा देखिनेछिन् । आगामी बैशाखपछि फिल्मको छायांकन सुरु गरिँदैछ । भिक्टोरी प्रोडक्शन हाउसको पनि निर्माण रहने फिल्ममा आवरण स्किन एन्ड हेयर क्लिनिकले सहकार्य गरेको छ ।