मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अक्षय र टाइगरको एक्सनमा ‘बडे मियाँ छोटे मियाँ’ ट्रेलर

एजेन्सी, काठमाडौं, 2024/03/26

Bade Miyan Chote Miyan Teaser: Akshay-Tiger Unleash Action, Netizens Hail  Prithviraj as Antagonist

 

बलिउडमा ‘एक्सन स्टार’को रुपमा चिनिएका अक्षय कुमार र टाइगर श्राफले पहिलोपटक फिल्म ‘बडे मियाँ छोटे मियाँ’मा एकसाथ काम गरेका छन् । उनीहरुको छविअनुसार नै फिल्म बनेको छ । मंगलबार सार्वजनिक ट्रेलरमा दुवै एक्सन अवतारमा प्रस्तुत छन् । आतंककारीबाट देश (भारत)लाई बचाउन उनीहरुले लडेको लडाइँमा ट्रेलर केन्द्रित छ । केही ‘एक्सन सिक्वेन्स’ सानदार देखिन्छ ।

अक्षय र टाइगर दुवै आर्मी पृष्ठभूमिका छन् र एक महत्त्वपूर्ण ‘अपरेसन’ टिमको हिस्सा बनेका छन् । उनीहरुको भरोसामा भारतको सुरक्षा एजेन्सी देशमाथि धावा बोलिरहेको एक खतरनाक भिलेनलाई रोक्न निस्किएको छ । ट्रेलरमा ब्याकग्राउन्ड स्कोर र भिजुअल इफेक्ट्स स्तरीय छ । यसमा सोनाक्षी सिन्हा, मानुषी छिल्लर, आलिया फर्निचरवाला, रोनित रोय आदिको पनि अभिनय रहेको छ ।

फिल्ममा ‘सलार’ अभिनेता पृथ्वीराज सुकुमार भिलेनको भूमिकामा छन् । तर, ट्रेलरमा उनलाई मास्क लगाएर प्रस्तुत गरिएको छ । फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । यसअघि उनले ‘टाइगर जिन्दा हे’, ‘सुल्तान’ जस्ता फिल्मको निर्देशन गरेका थिए । आगामी १० अप्रिल (चैत २८ गते)बाट प्रदर्शन हुन लागेको यो फिल्मले भारतमा आक्रामक कमाई गर्ने प्रक्षेपण गरिएको छ ।