मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीप र बेनिशापछि ‘एक्लो’मा जोडिए विजय लामा

फिल्मीखबर, काठमाडौं, 2024/03/25

vijay lama

 

गत असारमा प्रदर्शन भएको फिल्म ‘अन्तिम संस्कार’पछि निर्देशक प्रदीप शाही यतिबेला नयाँ फिल्म ‘एक्लो’ निर्माणको तयारीमा छन् । आगामी साउनपछि छायांकन सुरु गर्न लागिएको फिल्ममा उनले कलाकारको ‘लाइनअप’ बलियो बनाएका छन् । साइ-फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुन लागेको फिल्ममा प्रदीप खड्का र बेनिशा हमालपछि अब विजय लामा अनुबन्धित भएका छन् ।

सोमबार निर्देशक शाहीले लामासँग कागजी सम्झौता गरेका हुन् । यसअघि उनीहरुले ‘अन्तिम संस्कार’मा पनि सहकार्य गरेका थिए । यो फिल्ममा प्रदीपको काम गर्ने शैलीबाट लामा प्रभावित भएका थिए । विमान चालक समेत रहेका उनले वर्षमा एकाध फिल्ममा मात्र काम गर्दै आइरहेका छन् । गत फागुन ११ गते उनको विशेष भूमिका रहेको फिल्म ‘गोर्खा वारियर’ प्रदर्शनमा आएको थियो ।

विनोद सुवेदी खत्री ‘क्षितिज’ कार्यकारी निर्माता रहेको फिल्ममा प्रदीप शाही स्वयंको लेखन छ । शाई प्रोडक्सन नेपालको निर्माणमा बन्न लागेको फिल्ममा ह्याम्साएर एकाउन्टेनले सहकार्य गरेको छ । यो फिल्ममा ‘मिथिकल एलिमेन्ट्स’ पनि रहने निर्देशक शाहीले बताए । उनले ‘अन्तिम संस्कार’भन्दा अगाडि फिचर फिल्म गोर्खा : बिनिथ द ब्रेभरी’सहित केही सर्ट फिल्म निर्देशन गरेका थिए ।