Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलीना’को ट्रेलर रिलिज

फिल्मीखबर, काठमाडौं, 2024/03/25

SHALINA

 

नेपालकै पहिलो एनिमेटेड फिल्म ‘सलीना’को ट्रेलर सार्वजनिक भएको छ । साढे २ मिनेट लम्बाईको ट्रेलरमा एनिमेटेड पात्रमार्फत् कथावस्तु बुझाउने प्रयास गरिएको छ । एउटा राज्यमा राजकुमारीको जन्म भएपछि आउने संकट र उनको बहादुरीलाई ट्रेलरमा देखाएको छ । राक्षसकी रानीको आतंकलाई रोक्न राजकुमारीले अन्य पात्रसँग मिलेर लड्ने लडाइँको कथामा फिल्म आधारित छ ।

रेनमेकर एनिमेसन एकेडेमीको निर्माण रहेको फिल्मलाई तेजशराज जोशीले निर्देशन गरेका हुन् । ‘सलीना’को सम्पूर्ण एनिमेसनको काम नेपालमै र नेपाली प्रविधिकहरुले गरेका हुन् । निर्देशक जोशी र श्रुति श्रेष्ठले मिलेर निर्माण गरेको फिल्ममा शिव पुरी तथा श्रुति श्रेष्ठको संयुक्त सम्पादन छ । यो फिल्ममा पार्श्व आवाजबाहेक अन्य कुनै भौतिक पात्रको प्रयोग नगरिएको निर्देशक जोशीले बताए ।

सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धरको ग्राफिक रहेको फिल्ममा सुशील नेपाल, अदिती ज्ञवाली, झरना राई, शिव पुरी, देव न्यौपाने, एज्मी कुइंकेल, बेनिशा खतिवडा, युबिन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, श्रुति श्रेष्ठ, सगिन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, बिराज खड्का लगायतले एनिमेटेड पात्रका लागि आवाज दिएका छन् ।

फिल्मले प्रदर्शनका लागि सेन्सर बोर्डबाट प्रमाणपत्र समेत पाइसकेको छ । फिल्मले यूनिभर्सल सर्टिफिकेट पाएको छ । ‘यो फिल्म बनाउन ६ वर्ष लागेको छ । फिल्म अन्तर्राष्ट्रिय स्तरको बनेको छ,’ निर्देशक जोशीको दाबी छ । यही शुक्रबार (चैत १६ गते)बाट प्रदर्शनमा आउन लागेको फिल्मको मुख्य एनिमेटेड पात्र सलीनासँगको अन्तर्वार्ता विभिन्न मिडियामा प्रशारण समेत भइसकेको छ ।

 

Most Visited News (monthly)