मिति : २०८१ वैशाख १६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रावायण’मा अब पल र पूजा, आगामी तीजमा रिलिज

फिल्मीखबर, काठमाडौं, 2024/03/24

paul shah and pooja sharma

 

गत असोजमा फिल्म ‘रावायण’लाई लिएर ठूलो विवाद उत्पन्न भयो । छायांकनमा निस्कने बेला अभिनेता अनमोल केसीले फिल्ममा काम नगर्ने निर्णय लिएपछि उनीविरुद्ध निर्देशक सुदर्शन थापाले प्रहरीमा आपराधिक विश्वासघात मुद्धामा उजुरी दिए । र, अनमोल पक्राउ परे । त्यसपछि फिल्मको निर्माण नै अन्योलमा थियो । अब सुदर्शनले ‘स्टारकास्ट’ हेरफेर गर्दै फिल्म बनाउने भएका छन् ।

फिल्ममा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको जोडी बाँधिने भएको छ । यो उनीहरुको तेस्रो सहकार्य हुनेछ । यसअघि ‘म यस्तो गीत गाउँछु’को दुई श्रृंखलामा उनीहरुले एकसाथ काम गरेका थिए । अनमोलको अपोजिटमा अनुबन्ध भएकी नीति शाह पनि फिल्मबाट अलग भएकी छन् । पहिला नै भित्रिएका अभिनेता प्रमोद अग्रहरी र पूर्व मिस नेपाल निकिता चण्डक भने यथावत् छन् ।

फिल्ममा प्रियंका कार्की, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल आदिको पनि अभिनय रहनेछ । आइतबार थिम पोस्टर सार्वजनिक गर्दै आगामी भदौ २१ गते (तीज)लाई प्रदर्शन मिति घोषणा गरिएको छ । यही चैत अन्तिमबाट छायांकन सुरु हुने ‘रावायण’लाई सुदर्शन थापा र पूजा शर्माले निर्माण गर्नेछन् । फिल्म खिच्ने जिम्मेवारी सौरभ लामाको काँधमा छ ।

फिल्ममा शिवम् अधिकारीको लेखन छ भने विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन हुनेछ । फिल्मको संगीतको सम्पूर्ण काम मुम्बईमा भइसकेको छ । एक्सन-लभस्टोरी कथामा बन्न लागेको फिल्ममा पलको दोहोरो भूमिका हुनेछ । एउटा सकारात्मक र अर्को नकारात्मक चरित्र हुने स्रोतको दाबी छ । उनी पहिलोपटक डबल रोलमा देखिन लागेका हुन् ।