मिति : २०८१ वैशाख १६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘डिग्री माइला’ : नाटक र फिल्ममा के फरक छ ?

फिल्मीखबर, काठमाडौं, 2024/03/23

dayahang rai and rambabu gurung

 

अभिनेता दयाहाङ राईको नाट्यकर्मको एउटा पानीढलो मानिन्छ, ‘डिग्री माइला’ । यसले नाटक निर्देशनमा उनलाई नयाँ पहिचान दिलाएको थियो । २०६९ सालमा पहिलोपटक मण्डला थिएटरमा यो नाटक मञ्चन गरिएको थियो । २०७१ सालमा पुनः मञ्चन भयो । अब यही नाटकको आइडिया र नाममा फिल्म निर्माण भएको छ । फिल्मको निर्देशक भने ‘कबड्डी’ श्रृंखलाका रामबाबु गुरुङ हुन् ।

शैक्षिक बेरोजगारीको कथामा नाटक केन्द्रित थियो । फिल्मले उठाएको विषय पनि यही नै हो । तर, त्यसलाई फिल्ममा भन्ने तरिका फरक रहेको दयाहाङको दाबी छ । शुक्रबार फिल्मको ट्रेलर रिलिज कार्यक्रममा उनले पत्रकारसँग भने, ‘आइडिया एउटै भए पनि त्यसलाई भन्ने तरिका फरक भएकाले एउटै ‘टेस्ट’ नआउन सक्छ ।’ फिल्म र नाटकको परिवेश नै फरक रहेको उनको भनाई छ ।

‘कुनै समय हामीले एउटा पात्रमाथि छलफल गरेका थियौं । मैले भोगेको परिवेशमा लगेर नाटकलाई ढालेको थिएँ । फिल्ममा चाहिँ त्यसको परिवेश फरक छ,’ उनी प्रष्ट्याउँदै भन्छन्, ‘पात्रको ‘एसेन्स’ मैले नाटकबाट समातेको भए पनि त्यसको मनोविज्ञान फरक छ । नाटकमा मैले देखेको र भोगेको पात्र थियो । यसमा रामबाबुले देखेको र भोगेको पात्र छ । तर पनि केही चीज मिल्न सक्छ ।’

रामबाबु भने फिल्म बनाउने समयमा भन्दा रिलिजको बेला बढी डर लाग्ने अनुभव सुनाउँछन् । ‘मलाई फिल्म हलमा गएपछि कस्तो प्रतिक्रिया आउँछ भन्ने कुराले डर लाग्छ,’ उनी भन्छन्, ‘कहाँ विगारियो, कहाँ के भन्न खोजेको थिएँ, के भन्न सकिएन भन्ने कुरा हुन्छ । नभए त एउटा आइडिया, पात्र, परिवेशमा छलफल गरेर आत्मविश्वास भएपछि काम गर्ने भएकाले फिल्म बनाउँदा डर लाग्दैन ।’