मिति : २०८१ वैशाख १६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘महाजात्रा’को बम्पर ओपनिङ, शनिबारलाई बढ्यो शोज

फिल्मीखबर, काठमाडौं, 2024/03/22

होलीको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’ले बम्पर ओपनिङ गरेको छ । बिहानी शोजमा ८० प्रतिशत अकुपेन्सी देखिएको फिल्मले दिउँसोबाट देशभरका हलमा दर्शकको चाप बढाएको थियो । मल्टीप्लेक्स तथा सिंगल थिएटर दुवैमा दिवा र रात्रिकालिन शोज अधिकांश हाउसफुल भए । फिल्मको एड्भान्स बुकिङभन्दा काउन्टरबाट बढी टिकट बिक्री भएको छ ।

 

bipin karki


देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले शुक्रबार फिल्मलाई ७१ शोज बाँडेको थियो । त्यसमध्ये केही शोज बिहीबार नै ‘सोल्डआउट’ भएका थिए भने अरुमा उच्च दर्शक देखिए । दर्शकको क्रेजलाई मध्यनजर गर्दै शनिबारलाई क्यूएफएक्सले १४ शोज बढाएको छ । बिग मुभिज, एफक्युब, वान सिनेमाज् लगायतका काठमाडौंका अन्य हलमा पनि फिल्मले हाउसफुल दर्शक पायो ।

शुक्रबार मोफसलमा पनि फिल्मको व्यापार उच्च देखियो । नारायणगढ, पोखरा, इटहरी, भैरहवा, बुटवल, नेपालगञ्ज लगायत ठूला सहरका हलहरु बिहानैदेखि हाउसफुल भएका थिए । शुक्रबार फिल्मले १ करोड १० लाखमाथि कमाई गरेको हुनसक्ने प्रक्षेपण छ । शनिबार विदा भएकाले व्यापार अझ बढ्ने निश्चित छ । दुई दिनमा ‘महाजात्रा’को व्यापार साढे २ करोडमाथि हुनसक्ने देखिन्छ ।

फिल्म प्रदर्शन भएसँगै निर्देशक प्रदीप भट्टराई, कलाकारहरु हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, निर्माता म्याक्स दिपेश खत्रीले काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझेका थिए । फिल्म हेरेर बाहिरिएका प्रायः दर्शकले अब्बल प्रतिक्रिया दिएका छन् । विशेषगरी फिल्मको मध्यान्तर अगाडिको ‘सिचुएशनल कमेडी’लाई रुचाइएको छ ।

 

bipin karki


फिल्मको ओपनिङ आक्रामक हुनुमा दुईवटा कारण छ । पहिलो, यो ‘ब्रान्ड भ्यालू’ भएको फिल्म हो । यसका अघिल्ला दुई श्रृंखला सुपरहिट भएका थिए । दोस्रो, फिल्ममा बलियो ‘स्टारकास्ट’ छ । अब सोमबारसम्म विदा भएकाले त्यसको फाइदा फिल्मले राम्रै उठाउन सक्छ । नेपालसँगै विदेशमा पनि फिल्मको व्यापार आक्रामक छ । यो फिल्म ४० देशमा एकसाथ प्रदर्शनमा आएको हो ।