मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

वर्षाले पूरा गरिन् ‘मोदीबेनी’को छायांकन

फिल्मीखबर, काठमाडौं, 2024/03/21

Modibeni Endclap 1

 

पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथामा आधारित भएर बनेको फिल्म ‘मोदीबेनी’को ३१औं दिनमा सम्पूर्ण छायांकन सकिएको छ । बुधबार बिहान पर्वत जिल्लाको फलेवासमा अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता प्रवीण खतिवडाले अन्तिम सट दिएसँगै फिल्म प्याकअप भएको हो । फिल्मको दुई चरणमा छायांकन गरिएको थियो । पहिलो चरणको छायांकन काभ्रेको भकुन्डेमा भएको हो ।

फिल्ममा वर्षा र प्रवीणका अलावा अमर प्रताप श्रेष्ठ, सरोज खनाल, रेजिना उप्रेती, दीलिप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको पनि अभिनय छ । अमरले यही फिल्मबाट डेब्यू गरेका हुन् भने रेजिनाले करिब ९ वर्षपछि कमब्याक गरेकी छन् । यसमा उनले वर्षाकी आमाको भूमिका निर्वाह गरेको जानकारी प्राप्त छ ।

 

Modibeni Endclap


करिब पैँतिस-चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरेर निर्माण भएको फिल्मलाई शङ्कर कोइरालाले निर्देशन गरेका हुन् । सम्पादनको २ दशक लामो अनुभवपछि उनले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । आनन्द बिक्रम क्षेत्रीको लेखन रहेको फिल्ममा दीलिप केसी निर्माताको रुपमा छन् भने हरि श्रेष्ठ सह-निर्मातामा छन् । उत्सव दाहालले फिल्मको छायांकन गरेका हुन् ।