Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सरोज खनालको फिल्म निर्देशनमा डेब्यू

फिल्मीखबर, काठमाडौं, 2022/02/18
saroj khanal
 
हरेक प्रकारको चरित्रमा सहज रूपमा आफूलाई ढाल्ने खुबी भएका अभिनेता सरोज खनालले फिल्म निर्देशनमा डेब्यू गरेका छन् । यसअघि केही कथा बोल्ने म्यूजिक भिडियो र सर्ट मुभीको निर्देशन गरिसकेका उनले ‘बगान’ बाट फिचर फिल्म निर्देशनमा पाइला बढाएका हुन् । यतिबेला धमाधम छायांकन भइरहेको फिल्मलाई सुरेश वाग्लेसँग सहकार्य गरेर सरोज आफैंले निर्माण गरेका हुन् ।
 
फिल्ममा करिश्मा मानन्धर, नीर शाह र प्रमिला कार्कीको मुख्य भूमिका छ भने सरोज स्वयं अतिथी भूमिकामा प्रस्तुत भएका छन् । सामाजिक विषयवस्तुमा आधारित फिल्मलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी गराउने उद्देश्यसहित निर्माण गरिएको निर्देशक खनालले जानकारी दिएका छन् । फिल्मलाई आउँदो बैशाखमा हलमा प्रदर्शन गर्ने निर्माण टिमको योजना छ । 
 
गौरीशंकर धुजूको छायांकन रहेको फिल्ममा हरि लम्साल र सुवास भुसालको संगीत र शिव मुखियाको पार्श्व संगीत छ । फिल्मका गीतमा भने सुगम पोखरेल, अस्मिता अधिकारी र वाणिका प्रधानले स्वर दिएका छन् । यही फिल्मबाट करिश्मा मानन्धरले लामो समयपछि अभिनयमा पुनरागमन गरेकी छन् । उनले ५/६ वर्षयता अफर आएका फिल्महरु समेत अस्वीकार गरेर बसेकी थिइन् ।
 
१० वर्ष अमेरिकामा विताएपछि नेपाल फर्किएका सरोज खनालले त्यसयता निरन्तर फिल्ममा काम गर्दै आएका छन् । अभिनयबाट उनले दर्शकको जुन विश्वास र माया कमाएका छन्, त्यस हिसाबले उनी निर्देशित फिल्ममाथि ठूलो अपेक्षा गरिएको छ । यसकारण ‘बगान’ उनका लागि अग्नीपरीक्षा हो । अभिनय झैँ निर्देशनमा पनि आफूलाई प्रमाणित गर्नुपर्ने चुनौतीको पहाड उनीसामु खडा छ ।
Most Visited News (monthly)