Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

‘म यस्तो गीत गाउँछु २’ का लागि पलले रोके म्यूजिक भिडियोको काम

फिल्मीखबर, काठमाडौं, 2022/02/19
कुनै दिन पल शाहले सर्वाधिक म्यूजिक भिडियोमा काम गर्ने मोडलको रुपमा ‘गिनिज बुक अफ रेकर्ड’ मा आफ्नो नाम लेखाए भने कसैले अचम्म नमान्दा हुन्छ । सम्भवतः अहिलेको अवस्थामा उनी जति म्यूजिक भिडियोमा काम गर्ने मोडल अरु छैनन् । महिनामा २०/२५ वटासम्म म्यूजिक भिडियोमा उनले काम गर्दै आएका छन् । र, हरेक दिनमा एक-दुईवटा भिडियो रिलिज हुन टुट्दैनन् ।
 
फिल्ममा आउनुभन्दा अगावैदेखि म्यूजिक भिडियोमा काम गर्ने भएकाले पलले अहिलेसम्म यसलाई निरन्तरता दिँदै आएका छन् । फिल्ममा आएपछि भने भिडियो छनौटमा चुजी बन्न उनलाई धेरैले सुझाव दिएका थिए । तर, ‘नानीदेखि लागेको बानी’ उनले छाड्न सकेनन् । फिल्मको काम नहुँदा उनी दिनहुँ म्यूजिक भिडियोकै छायांकनमा हुन्छन् । जसबाट उनको राम्रो कमाई हुने गरेको छ ।
 
paul shah
 
फिल्मको छायांकन र प्रदर्शनको समयमा भने पलले भिडियोबाट केही समय विश्राम लिने गर्छन् । तर, विश्राम लिनुभन्दा अगाडि गरेका भिडियोहरु दिनैपिच्छे सार्वजनिक हँदा उनको टाउको दुखाई बन्ने गरेको छ । यही फागुन १३ गते उनी अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुँदैछ । यो फिल्मका गीत र पलले खेलेका भिडियोहरु यतिबेला सँगसँगै सार्वजनिक भइरहेका छन् ।
 
एउटै कलाकारले अभिनय गरेको फिल्मका गीत र म्यूजिक भिडियो एकसाथ सार्वजनिक हुँदा दर्शकहरु रनभुलमा पर्छन् । कुन फिल्मको गीत र कुन भिडियो छुट्याउन सक्दैनन् । यसैले हुनुपर्छ, पलले ‘म यस्तो गीत गाउँछु २’ रिलिजभन्दा अगाडि भिडियोमा काम नगर्ने निर्णय गरेका छन् । काम गरिसकेका म्यूजिक भिडियोहरु पनि तत्काल रिलिज नगर्न पनि उनले आग्रह गरेका छन् रे । 
 
शनिवार बागमती सरसफाई अभियानमा सहभागी हुने क्रममा उनले सञ्चारकर्मीहरुसँग भने- ‘मैले १८/२० दिनका लागि म्यूजिक भिडियोको काम रोकेको छु । नभन्दा विग्रन्छ, भन्दा विग्रन्न भनेर मैले निर्देशकहरुलाई भिडियोको रिलिज र छायांकन सार्न आग्रह गरेको छु । एक/दुई जनाले भिडियो रिलिज गर्नुभयो, अरुले गर्नुभएको छैन । भिडियोको छायांकन पनि सहमतिमै रोकेका छौं ।’
Most Visited News (monthly)