Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रणवीरसँगको सम्बन्धबारे आलिया भन्छिन्, ‘प्रेम गरेपछि किन डराउनु ?’

एजेन्सी, मुम्बई, 2022/02/18
alia and ranbir
 
अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट प्रेममा रहेको कुरा अब नौलो रहेन । उनीहरु दुवैले आफ्नो रिलेसनसिपको बारेमा खुलेर बोल्न थालिसकेका छन् । फिल्म ‘ब्रह्मास्त्र’ मा एकसाथ काम गर्ने क्रममा उनीहरु प्रेममा डुबेका थिए । आलियाले हालै एक अन्तर्वार्तामा रणवीरसँग आफूलाई कम्फर्टेबल महशुस हुने र यही कारण लामो समयदेखि आफूहरु साथ रहेको बताएकी छन् ।
 
उनले भनेकी छन्, ‘म कसैको प्रेममा छैन भनेर मलाई झुट बोल्नु छैन । म रिलेसनसिपमा छु र म रणबीरको साथमा खुसी छु । म उसलाई गहिरो प्रेम गर्छु । म सम्बन्धमा विश्वास गर्छु । यो समयमा म निकै प्रेमिल युवती हुँ । मतलब म थोरै रोमान्टिक भएको छु । प्रेम गरेपछि किन डराउनु र ! म रणवीरलाई प्रेम गर्छु र ऊसँग मलाई कम्फर्टेबल महशुस हुन्छ । यही कारण हामी साथमा छौं ।’
 
चार वर्षदेखि प्रेममा रहेका रणबीर र आलिया दुवैको एकअर्काको परिवारसँग पनि राम्रो सम्बन्ध छ । रणबीरकी आमा नीतू कपूर र दिदी रिद्धिमा कपूर साहनी, आलियालाई निकै मन पराउँछन् । रणबीरको पनि प्रायः आलियाकी बहिनी  शाहीन भट्ट र आमा सोनी राजदानसँग भेटघाट भइरहेको छ । लामो समयदेखि उनीहरु विवाह बन्धनमा बाँधिने तयारीमा रहेको चर्चा पनि चलिरहेको छ । 
Most Visited News (monthly)