Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उद्घाटनमा राजेश हमालको दौडधुप

फिल्मीखबर, काठमाडौं, 2022/02/20
rajesh hamal
 
पुराना अभिनेताहरुमध्ये राजेश हमालको व्यस्तता लोभलाग्दो छ । उनले विगत चार वर्षदेखि नयाँ फिल्ममा काम गरेका छैनन् । तर, उनको व्यस्तता करिअरको उत्कर्षमा रहँदा जस्तो थियो, अहिले पनि त्यस्तै छ । फरक यत्ति छ कि पहिला उनी हरेक दिन १६/१७ घन्टा फिल्मकै छायांकनमा व्यस्त हुन्थे, अहिले म्यूजिक भिडियोदेखि उद्घाटनसम्म उनलाई भ्याइनभ्याइ हुने गरेको छ ।
 
हमाल एक दिन काठमाडौं बसे भने भोलीपल्ट कि विदेश कि देशको कुनै ठाउँमा पुगिसकेका हुन्छन् । गत हप्ता ‘हजुर मुसुक्कै’ गीत सार्वजनिक कार्यक्रममा सहभागी भएको भोलीपल्टै उनी चितवन पुगे । त्यहाँ केही दिन विताएपछि उनले शनिवार रुपन्देही पुगेर लुम्बिनी अष्टदीप मल्टिनेशनलको आवास परियोजना अन्तर्गत तिलोत्तमा होम्समा निर्मित भवनको उद्घाटन गरेका छन् ।
 
सुपरस्टार हमालले आवास परियोजनाको बी ब्लकको एक घर (एक करोड ७५ लाख बराबर) को औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटनपछि आवास परियोजनाको अवलोकन गर्दै उनले यो देशकै नमूना आवास क्षेत्र बन्ने विश्वास व्यक्त गरे । ठूलो क्षेत्रमा आकर्षक, समयअनुकूल र व्यवस्थित घरहरु निर्माण भएकोमा खुसी व्यक्त गर्दै उनले गुणस्तरमा विशेष जोड दिन आग्रह गरे । 
 
rajesh hamal
 
उद्घाटन समारोहमा लुम्बिनी अष्टदीप मल्टिनेशनलका अध्यक्ष नेत्र वनले बढ्दो शहरीकरण र प्रदुषणलाई मध्य नजर गर्दै बुटवल र भैरहवाको बीचमा व्यवस्थित र आधुनिक बसाइका लागि विशेष आयोजना अगाडि बढाएको बताए । कम्पनीले तिलोत्तमा–७ भलवारीमा ६ विगाहा क्षेत्रफलमा आवास विकास परियोजनामा सुरु गरेको हो । जसमा १०९ वटा घर निर्माण हुने बताइएको छ । 
Most Visited News (monthly)