Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सौगात र सृष्टिको ‘द सिक्रेट अफ राधा’ भदौ २४ मा

फिल्मीखबर, काठमाण्डौ, 2022/03/01
Radha
 
समीक्षात्मक रुपमा अब्बल ठहरिएको फिल्म ‘सुनगाभा’ का निर्देशक सुवर्ण थापाले निर्देशन गरेको नयाँ फिल्म ‘द सिक्रेट अफ राधा’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलवार निर्माण टिमले आगामी भदौ २४ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । दोस्रो लकडाउनअघि पालुङ आसपासका क्षेत्रमा छायांकन भएको फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् । 
 
खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्ममा दयाहाङ राई र निश्चल बस्नेतको विशेष भूमिका छ । फिल्मलाई निर्देशक थापासँग मिलेर सौगातले निर्माण गरेका हुन् । उनीहरुबीच अर्को फिल्ममा पनि सहकार्य हुँदैछ । यसअघि सौगातले फिल्म ‘फन्को’मा सुवर्णको निर्देशनमा काम गरेका थिए ।
 
आदियोगी भिजन, मन्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा निर्मित यस फिल्ममा नरेन्द्र मैनालीको छायांकन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । फिल्ममा सृष्टि टाइटल क्यारेक्टरमा छिन् । उनले यसअघि ‘माइकल अधिकारी, पोइ पर्‍यो काले, मासु भात’ लगायतका फिल्ममा सौगातसँग एकसाथ काम गरिसकेकी छन् । उनीहरु ‘रियल जोडी’ समेत हुन् ।
Most Visited News (monthly)